पाचन प्रक्रिया चुस्त दुरुस्त राख्न खानुस् यी खानेकुरा
स्वस्थ रहनका लागि पाचन प्रणालीको विशेष ख्याल राख्न जरुरी छ। पाचन प्रक्रिया असन्तुलित भएमा त्यहीँबाट सामान्यदेखि गम्भीर प्रकृतिका रोग शुरु हुन्छ। त्यसैले पाचन प्रक्रियालाई व्यवस्थित बनाउन खानामा ध्यान दिनुपर्छ।
यी हुन् पाचन ठिक राख्ने केही खानेकुरा
दही
दूधभन्दा दही बढी स्वस्थकर मानिन्छ। दहीमा हुने रासायनिक पदार्थ दूधमा समेत पाइँदैन। यसको सेवनले पेट दुखाइ, अपच, कब्जियत, ग्यास्ट्रिकजस्ता समस्याबाट राहत मिल्छ। दहीमा पाचन प्रक्रियालाई व्यवस्थित गर्ने ब्याक्टेरिया पाइन्छ, जसमा उच्च गुणयुक्त प्रोटिन हुन्छ।
अदुवा
पाचन प्रक्रियामा सुधार ल्याउन अदुवा पनि महत्त्वपूर्ण मानिन्छ। यसले खाना पचाउने इन्जाइम उत्पादनमा भूमिका निर्वाह गर्छ। दाल तरकारीमा प्रयोग त भइहाल्यो, एक गिलास मनतातो पानीमा दुई चम्चा अदुवाको रस राखेर पनि यसको प्रयोग गर्न सकिन्छ।
स्याउ
स्याउमा अत्यधिक फाइबर हुन्छ। त्यसैले पाचनसँग सम्बन्धित समस्या भएमा नियमित रूपमा स्याउ प्रयोग गर्न सकिन्छ। खाना खाएको १५ मिनेटपछि स्याउको प्रयोग गर्दा पाचन प्रणालीलाई चुस्त राख्ने काम गर्छ।
मेवा
मेवामा पपिन नामक इन्जाइम हुन्छ, जसले प्रोटिनलाई टुक्र्याएर पचाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यसमा विभिन्न प्रकारका भिटामिन र खनिज पनि पाइन्छ। त्यसैले मेवा सेवनको २४ घण्टाभित्रै पाचन प्रक्रियामा सकारात्मक असर देखिन थाल्छ।
केरा
केरा फाइबरयुक्त फल हो। यसले इन्सुलिन र कैयौँ स्वस्थकर ब्याक्टेरिया वृद्धि गर्न भूमिका खेल्छ। त्यसैले पाचन प्रक्रियामा हुने गडबडीमा केरा प्रभावकारी मानिन्छ ।
भुइँकटर
पाचनका लागि भुइँकटहर पनि निकै उपयुक्त फल हो। यसमा ब्रोमेलिन इन्जाइम हुन्छ, जसले खाना पचाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।
नरिवल
पाचन प्रक्रिया सुधार गर्नुका साथै कब्जियत, ग्यास्ट्रिकलगायत समस्यामा पनि नरिवलको तेलले राहत प्रदान गर्छ। नरिवलको तेलमा भिटामिन, खनिज र एमिनोजस्ता एसिडिक तत्त्व हुन्छन्, जसले स्वास्थ्यमा फाइदा पुर्याउँछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण