Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पाचन प्रक्रिया चुस्त दुरुस्त राख्न खानुस् यी खानेकुरा

पाचन प्रक्रिया चुस्त दुरुस्त राख्न खानुस् यी खानेकुरा

स्वस्थ रहनका लागि पाचन प्रणालीको विशेष ख्याल राख्न जरुरी छ। पाचन प्रक्रिया असन्तुलित भएमा त्यहीँबाट सामान्यदेखि गम्भीर प्रकृतिका रोग शुरु हुन्छ। त्यसैले पाचन प्रक्रियालाई व्यवस्थित बनाउन खानामा ध्यान दिनुपर्छ।

यी हुन् पाचन ठिक राख्ने केही खानेकुरा

दही
दूधभन्दा दही बढी स्वस्थकर मानिन्छ। दहीमा हुने रासायनिक पदार्थ दूधमा समेत पाइँदैन। यसको सेवनले पेट दुखाइ, अपच, कब्जियत, ग्यास्ट्रिकजस्ता समस्याबाट राहत मिल्छ। दहीमा पाचन प्रक्रियालाई व्यवस्थित गर्ने ब्याक्टेरिया पाइन्छ, जसमा उच्च गुणयुक्त प्रोटिन हुन्छ।

अदुवा
पाचन प्रक्रियामा सुधार ल्याउन अदुवा पनि महत्त्वपूर्ण मानिन्छ। यसले खाना पचाउने इन्जाइम उत्पादनमा भूमिका निर्वाह गर्छ। दाल तरकारीमा प्रयोग त भइहाल्यो, एक गिलास मनतातो पानीमा दुई चम्चा अदुवाको रस राखेर पनि यसको प्रयोग गर्न सकिन्छ।

स्याउ
स्याउमा अत्यधिक फाइबर हुन्छ। त्यसैले पाचनसँग सम्बन्धित समस्या भएमा नियमित रूपमा स्याउ प्रयोग गर्न सकिन्छ। खाना खाएको १५ मिनेटपछि स्याउको प्रयोग गर्दा पाचन प्रणालीलाई चुस्त राख्ने काम गर्छ।

मेवा

मेवामा पपिन नामक इन्जाइम हुन्छ, जसले प्रोटिनलाई टुक्र्याएर पचाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यसमा विभिन्न प्रकारका भिटामिन र खनिज पनि पाइन्छ। त्यसैले मेवा सेवनको २४ घण्टाभित्रै पाचन प्रक्रियामा सकारात्मक असर देखिन थाल्छ।

केरा

केरा फाइबरयुक्त फल हो। यसले इन्सुलिन र कैयौँ स्वस्थकर ब्याक्टेरिया वृद्धि गर्न भूमिका खेल्छ। त्यसैले पाचन प्रक्रियामा हुने गडबडीमा केरा प्रभावकारी मानिन्छ ।

भुइँकटर

पाचनका लागि भुइँकटहर पनि निकै उपयुक्त फल हो। यसमा ब्रोमेलिन इन्जाइम हुन्छ, जसले खाना पचाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।

नरिवल

पाचन प्रक्रिया सुधार गर्नुका साथै कब्जियत, ग्यास्ट्रिकलगायत समस्यामा पनि नरिवलको तेलले राहत प्रदान गर्छ। नरिवलको तेलमा भिटामिन, खनिज र एमिनोजस्ता एसिडिक तत्त्व हुन्छन्, जसले स्वास्थ्यमा फाइदा पुर्याउँछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मुटुरोगबाट बच्न विचार व्यवस्थापन

मुटुरोगबाट बच्न विचार व्यवस्थापन

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा