Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यसकारण नियमित खानुपर्छ दालचिनी

यसकारण नियमित खानुपर्छ दालचिनी

दालचिनीलाई हामी मसलाका रूपमा प्रयाेग गर्छाैँ। दालचिनी मसला मात्र हाेइन याे बहुगुणकारी औषधि पनि हाे।  यसमा हुने पोलिफिनोल नामक तत्त्वले शरीरमा विशेष प्रकारका प्रोटिनहरूको काम बढाई इन्सुलन निस्कासन गर्न सहयोग गर्छ।

घाँटी बसेमा बिहान–बेलुकी दालचिनीको धुलो उमालेर खाने गर्दा केही दिनमै आराम मिल्छ।

रगतमा भएको ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ, जसले गर्दा रगतमा चिनीको मात्रा कम हुने हुँदा यसले मधुमेहका रोगीलाई फाइदा पुर्‍याउँछ।

जिरा, ल्वाङ र सुठोको मिश्रणमा दालचिनी हाली उमालेर खाएमा रुघाखोकी र ज्वरो ठीक हुन्छ।

दालचिनीको नियमित सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ।

मुखको घाउ खटिरा, अजीर्ण, बच्चाको झाडापखाला, बाथ र महिनावारीसम्बन्धी समस्या समाधानका लागि दालचिनी प्रभावकारी हुने बताइन्छ।

चिसोले कपाल दुखेमा दालचिनी र मरिचको लेप बनाई बिहान–बेलुका निधार र कन्चटमा लगाएमा सञ्चाे हुन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मुटुरोगबाट बच्न विचार व्यवस्थापन

मुटुरोगबाट बच्न विचार व्यवस्थापन

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा