यसकारण नियमित खानुपर्छ दालचिनी
दालचिनीलाई हामी मसलाका रूपमा प्रयाेग गर्छाैँ। दालचिनी मसला मात्र हाेइन याे बहुगुणकारी औषधि पनि हाे। यसमा हुने पोलिफिनोल नामक तत्त्वले शरीरमा विशेष प्रकारका प्रोटिनहरूको काम बढाई इन्सुलन निस्कासन गर्न सहयोग गर्छ।
घाँटी बसेमा बिहान–बेलुकी दालचिनीको धुलो उमालेर खाने गर्दा केही दिनमै आराम मिल्छ।
रगतमा भएको ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ, जसले गर्दा रगतमा चिनीको मात्रा कम हुने हुँदा यसले मधुमेहका रोगीलाई फाइदा पुर्याउँछ।
जिरा, ल्वाङ र सुठोको मिश्रणमा दालचिनी हाली उमालेर खाएमा रुघाखोकी र ज्वरो ठीक हुन्छ।
दालचिनीको नियमित सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ।
मुखको घाउ खटिरा, अजीर्ण, बच्चाको झाडापखाला, बाथ र महिनावारीसम्बन्धी समस्या समाधानका लागि दालचिनी प्रभावकारी हुने बताइन्छ।
चिसोले कपाल दुखेमा दालचिनी र मरिचको लेप बनाई बिहान–बेलुका निधार र कन्चटमा लगाएमा सञ्चाे हुन्छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड