Health TV Online
Health TV Online

खानपानबाटै यसरी गराैँ ग्याष्ट्रिक निर्मूल

खानपानबाटै यसरी गराैँ ग्याष्ट्रिक निर्मूल

ग्याष्ट्रिकको अर्थ पेटको भित्री भाग सुन्निनु हो। ग्यासट्राइटिस भएमा फुलेको, पेटमा हावा भरिएको अनुभव हुने, राम्रासँग खाना नपच्ने, लामो समय खाना नखादा पेट पोल्ने, खान मन नलाग्नेलगायतका समस्या आउँछ।

यसले पाचन प्रकियामा पनि बाधा उत्पन्न गर्छ, जसले गर्दा शरिरमा रगत, क्याल्सियमको कमी हुनेदेखि अल्सर र क्यान्सरसम्म समस्या निम्तिन्छ। त्यसैले ग्यासट्राइटिसको समयमै उपचार गर्न जरुरी छ। खानाबाटै पनि यसलाई निको पार्न सकिन्छ।

एन्टिअक्सिडेन्टयुक्त खानेकुरा

एन्टिअक्सिडेन्टयुक्त खानेकुराले सुन्निएको पेटेको पेटको भित्री तहलाई कम गर्छ। एन्टिअक्सिडेण्टयुक्त खाना भनेका भिटामिन सी, ए, फ्ल्याभोनोइड, क्यारोटेनोइड, फाइटोकेमिकल हुन्। ताजा फलफूल, सागसब्जी, प्याज, लसुन, अदुवा, बेसार, ब्रोकाउली, बन्दाकोभी, कालो चामललगायतका खाद्यपदार्थमा एन्टिअक्सिडेन्ट प्रशस्त हुन्छ।

प्रोबायोटिकयुक्त खाना

ग्यास्ट्राइटिसको मख्य कारणमध्येको एक हो हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरिया। प्रोवायोटिकयुक्त खानाले त्यस्ता ब्याक्टेरियालाई निर्मूल  पार्छ। दही, मोही र प्रोबायोटिक सप्लिमेन्ट आदि खाद्यपदार्थमा प्रोवायोटिकको मात्रा अत्याधिक हुन्छ।

फाइबर

ग्यास्ट्राइटिसको समस्या समधानमा फाइवरयुक्त खानाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यस्ताे खानाले पाचन पक्रियासम्बन्धी समस्यालाई पनि निराकरण गर्छ। बदाम, आँटा, ब्राउन राइस, चिया सिड, आलस, टुसा उमारिएको गेडागुडी, फलफूल, सागसब्जीलगायतका खाद्यपदार्थमा फाइवरको मात्रा बढी हुन्छ।

स्वस्थकर प्रोटिन

प्रटिनयुक्त खानाको प्रयोगले मात्र ग्यासट्राइटिसको समस्या समाधान हुँदैन। हर्मोन र एन्टिबायोटिक बढी प्रयोग गरिएको मासुबाट स्वस्थकर प्रोटिन प्राप्त गर्न सकिँदैन। यस्ता प्रोटिनले ग्यास्ट्राइटिसको असर झन् बढाउने काम गर्छ। घाँस खुवाइएका पशु, खुला पालिएका कुखुराको मासु, गेडागुडीआदिबाट स्वस्थकर प्रोटिन प्राप्त गर्न सकिन्छ।

स्वस्थकर फ्याट

दिनहुँ उमेगा ३ फ्याटी एसिडको  सेवनले ग्यास्ट्राइटिसको असर विस्तारै कम भएर जाने गर्छ। माछाको तेल, अल्मोण्ड, काजु, एभोकाडो, आलस आदिबाट उमेगा ३ प्राप्त गर्न सकिन्छ।

लसुन

लसुनमा प्राकृतिक एन्टिबायोटिक, एन्टी इन्लाफ्मेटरी लगायतका तत्त्व हुन्छन्, जसले हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरिया नष्ट गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसले ग्यास्ट्राइटिसले पेटमा पार्ने असरसमेत कम गर्दै लैजान्छ।

थप समाचार

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण

मोटोपन कसरी घटाउने ?

मोटोपन कसरी घटाउने ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा