Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गुलाबजल लगाउँदा हुन्छ यस्ताे फाइदा

गुलाबजल लगाउँदा हुन्छ यस्ताे फाइदा

बगैँचामा ढकमक्क फूल्ने गुलाबले घरको शोभा त दिन्छ नै यसको फाइदा अरु पनि छन्। खासगरी सौन्दर्य बढाउनका लागि गुलाब निकै उपयोगी छ। गुलाबको फूल विभिन्न रंगको हुन्छ, जसलाई सजावट, कस्मेटिक उत्पादनदेखि औषधी बनाउनसम्म प्रयोग गरिन्छ ।

गुलाबको जल बनाएर अनुहार तथा केसमा प्रयोग गर्न सकिन्छ। यसले छालाको पीएच स्तर पनि ठीक राख्छ। छालालाई सफा गर्नका लागि गुलाब जल उपयोगी हुन्छ।

थोरै कपास गुलाब जलमा डुबाएर त्यसलाई अनुहारमा लगाउँदा छालामा रहेको फोहोरमैलाे निस्कन्छ। नरिवलको तेलमा केही थाेपा गुलाब जल मिसाएर लगाउँदा केश नरम, मुलायम र चम्किलो देखिन्छ।

कुनै पनि घाउमा गुलाब जल लगाउँदा औषधिको राम्रो काम गर्छ। यसले छालालाई नरम बनाउँछ। रुखो हुन दिँदैन। छालामा दाग,धब्बा रहन दिँदैन।

आँखाको तलको कालो घेरा हटाइदिन्छ। तैलिय छालामा पनि यो लाभदायक हुन्छ। छालालाई हाइड्रेड राख्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मुटुरोगबाट बच्न विचार व्यवस्थापन

मुटुरोगबाट बच्न विचार व्यवस्थापन

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा