स्वस्थ रहन यसरी गर्नुस् मरिचकाे प्रयाेग
मरिच औषधीय गुणयुक्त मसला हो। यो सजिलै उपलब्ध हुन्छ। विशेषगरी, यसलाई खानेकुरा स्वादिष्ट बनाउन प्रयोग गरिन्छ।
मरिचमा म्यागेजिन, भिटामिन के, फलाम, क्याल्सियम, फाइबर र क्रोमियम प्रचुर मात्रामा पाइन्छ। याेस्वादका लागि मात्र नभएर घरेलु औषधिका रूपमा समेत प्रयोगमा आउँछ। पेट, छाला र हाडसँग जोडिएका समस्यामा यो धेरै प्रभावकारी मानिन्छ।
मरिचमा कीटाणुनाशक गुण हुने भएकाले यसको सेवनले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ। मरिचको धुलो ठीक मात्रामा दैनिक सेवन गरेमा मांसपेशीजन्य रोग लाग्दैन। शरीरमा स्फूर्ति बढाउनुका साथै मस्तिष्क सक्रिय बनाउन मद्दत गर्छ।
मरिचले रक्तसञ्चार नियमित गर्नुका साथै छालामा अक्सिजनको मात्रा बढाउँछ। मरिचको धुलो नियमित सेवन गर्दा रुघाखोकी निको हुन्छ। साथै, धुवाँ–धुलोका कारण छातीमा हुने समस्या, फ्लु, भाइरलको संक्रमणबाट जोगिनसमेत सकिन्छ।
यो बेसारसँग मिसाएर नियमित खाँदा क्यान्सर लाग्ने सम्भावना कम हुन्छ। मरिचले पाचन शक्तिलाई बलियो बनाउनुका साथै पेट सफा गर्छ। नियमित सेवन गरे ग्यास्ट्रिकबाट बच्न सकिन्छ।
तातो पानीमा मरिचको धुलो मिसाएर खाए उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ। तातोपानीमा कालो मरिचको धुलो र कागती हालेर पिउँदा एसिडिटीबाट छुटकारा पाउन सकिन्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य