कुनवेला के खाने? के नखाने?
कुन खानेकुरा कतिवेला खाँदा के फाइदा\बेफाइदा हुन्छ भन्ने ज्ञान धेरैमा हुँदैन। जतिवेला जे खानेकुरा भेट्यो त्यही खाने धेरैको बानी हुन्छ।
पोषणविज्ञहरूका अनुसार खानाअनुसार खाने समय मिलाउँदा शरीरलाई फाइदा पुग्छ जतिवेला जे पायो खाँदा शरीरलाई बेफाइदा हुन्छ।
भात
भात बिहान खानु ठीक, बेलुकी खानु बेहीक भन्ने धेरैको सोचाइ छ, तर राति भात खानु राम्रो हुने पोषणविज्ञहरू बताउँछन्। भात छिटो र राम्रोसँग पच्छ जसले गर्दा राति निद्रा पनि राम्रो लाग्छ। तर राति थोरै भात खानुपर्छ। बिहान र बेलुका दुवै छाक भात खानुचाहिँ ठीक होइन।
दाल
बिहान र दिउँसोको खानासँग दाल खानु राम्रो मानिएकाे छ । दिउँसो दाल खाँदा राम्रोसँग पच्ने र पेटमा ग्याँस भरिने खतरा हुँदैन। राति भने सकेसम्म दाल नखाने सल्लाह दिइन्छ। किनभने दाल छिटो पच्दैन ।
दूध
दूध राति पिउनु उपयुक्त मानिन्छ। सुत्नुअघि दूध पिउँदा राम्रो निद्रा लाग्छ। तर दूध जुनसुकै बेला पनि पिउन सकिने बताइन्छ।
दही
दही खाने राम्राे समय दिउँसो हो। राति भुलेर पनि दही नखानुस्। राति दही खाँदा रुघाखोकी तथा कफको समस्या सिर्जना हुनसक्छ।
चिनी
चिनी पनि दिउँसो नै खानु उपयुक्त हुन्छ। राति गुलियो खाँदा मधुमेहको खतरा बढ्छ। राति चिनी खाँदा राम्रोसँग निद्रा नलाग्न सक्छ।
कफी
कफी बिहान पिउनु राम्राे मानिन्छ तर खाली पेटमा हाेइन। बिहान पिइएको कफीले शरीरलाई ऊर्जा प्रदान गर्छ भने निद्रासमेत लाग्न दिँदैन। साँझ ७ बजेपछि कफी पिउँदा निद्रामा असर पर्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य