काँचाे केरा खानुहाेस्, यी समस्याबाट मुक्ति पाउनुहाेस्
केरा बजारमा बाह्रै महिना पाइन्छ। पाकेको केरामा अत्याधिक पोषणतत्त्व पाइन्छ। केरामा आइरन, क्याल्सियम तथा भिटामिन प्रशस्त मात्रामा हुन्छ। काँचो केरा पनि कम हितकर छैन। काँले शरीरमा आइरनको पूर्ति मात्र हुँदैन, कैयाैँ रोग लाग्नबाट बचाउँछ।
काँचो केरा पोटासियमको भण्डार हो। यसमा भिटामिन बी ६ तथा भिटामिन सी पाइन्छ। यसले कोशिकाहरूलाई पोषण प्रदान गर्छ। काँचो केरामा पाइने एन्टी अक्सिडेन्ट र आवश्यक स्टार्चले शरीरलाई स्वस्थ राख्छ।
कब्जीयत छ भने काँचो केरा खाइहाल्नुस् । काँचो केराको अचार, तरकारी बनाएर खान सकिन्छ। काँचो केरामा अत्याधिक मात्रामा फाइबर हुन्छ। फाइबर अर्थात रेशायुक्त केराले हाम्रो पेट सफा गर्छ। काँचो केरा खाएपछि शरीरमा विषाक्त पदार्थ जम्न पाउँदैन र विस्तारै कब्जियतको समस्या समाधान हुन्छ। काँचो केरा ग्यास्ट्रिक समस्या भएकाका लागि समेत लाभकारी छ।
अनावश्क रूपमा तौल बढेको छ भने काँचो केरा खानुहाेस्, त्यसले तौल बढ्न दिँदैन। नियमत रूपमा काँचो केरा खाने हो भने मानिसको पाचनतन्त्र बलियो हुन्छ र पेटमा अतिरिक्त बोसो जम्न पनि पाउँदैन। बोसो जम्न नपाएपछि मोटो हुने चिन्तै रहेन।
मधुमेहका बिरामीका लागि काँचो केरा उपयाृगी मानिन्छ। काँचो केरामा भएको टर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ। काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधि हो।
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?