सिस्नोलाई नगर्नुस् हेँला, पाइन्छन् यस्ता औषधीय गुण
सिस्नो, अत्यन्तै हेलाँ गरिएको वनस्पति। सिस्नो भन्नसाथ ‘दुःखको खाना’ भन्ने सोचिन्छ। अति नै अभाव भएकाहरूले खाने खान्गीको रूपमा यसकाे परिचय छ। तर सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बाेहाइड्रेट, फाइवर, फस्फोरस र फलामजस्ता तत्त्व पाइन्छ।
यही तथ्य बुझेर हाेला अहिले सिस्नो धनीहरूको मेनुमा पनि पर्न थालेको छ। पाँचतारे होटलसम्म यसका परिकार बन्ने गर्छन्।
कसरी खाने?
सामान्यतया सिस्तोलाई पखालेर उम्लेको पानीमा राखेर पकाउने चलन छ। यसमा नुन, खुर्सानी र मकैको च्याख्ला राखेर पकाइन्छ। अहिले सुपर मार्केटमा समेत सिस्नोको पाउडर पाइन्छ। यसलाई सुप या तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ।
विदेशमा बटरमा प्याज, लसुन, लिक, गाँजर, फुराएर ‘भेज स्टक’ र आलु राखेर सिस्नु पकाइन्छ। नुन मरिच र क्रीम हालेर नेटल सुपको रूपमा प्रयोग गर्ने चलन छ। सिस्नुको चिया पनि निकै स्वास्थ्यबर्द्धक मानिन्छ। यसलाई ग्रीन टीकै तरिकाले बनाइन्छ र सेवन गरिन्छ।
औषधीय गुण
सिस्नो गर्भवती तथा सुत्केरी महिलालाई खुवाउनु अत्यन्तै फाइदाजनक मानिन्छ।
सिस्नोले मुटुसम्बन्धी समस्या निको पार्न सहयोग गर्छ।
सिस्नो सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्याउँछ।
यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ।
प्रोस्टेड ग्ल्ण्याड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले फाइदा पुग्छ।
सिस्नोले शरीरमा रगतका नयाँ सेल बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ।
पिसाबको संक्रमण हुनेहरूले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा पुग्छ।
शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि ले फाइदा पुर्याउँछ।
शरीर दुख्ने समस्यामा पनि सिस्नो सेवनले फाइदा पुर्याउँछ।
सिस्नो छाला र कपालका लागि निकै उपयोगी मानिन्छ।
यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउन मद्दत पुर्याउँछ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’