स्वस्थ रहन चाहनुहुन्छ भने यस्ताे गर्नुहाेस् खानपान
स्वस्थ रहने चाहना सबैलाई हुन्छ। तर खानपानको ढंग नमिल्दा मानिसमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछ। हामीले खानपान व्यवस्थित गर्नसक्यौँ भने हाम्रो स्वास्थ्य पनि ठीक रहन्छ। स्वास्थ्यका लागि केही सूत्र—
प्रशस्त पानी पिउनुहोस्
स्वस्थ शरीरका लागि प्रशस्त पानी पिउनु पर्छ। पानी धेरै शरीरमा अनावश्यक विकारहरू बाहिर निस्कन्छन्। प्रशस्त पानी पिउनाले विभिन्न कारणले शरीरमा भएको दुखाइ तथा माइग्रेनको समस्या हुनेहरूका लागि पनि राम्रो हुन्छ।
जंकफुडबाट टाढै रहनुहोस्
धेरै प्रशोधन गरिएको तथा लामो समयसम्म प्लास्टिकमा प्याक गरेर राखिएको प्याकेटको खानेकुरा खानु राम्रो हुँदैन। यसरी लामो समयसम्म प्लास्टिकमा राखिएको खानेकुरा नबिग्रियोस् भनेर विभिन्न रासायनिक तत्त्व राखिने भएकाले यस्ता पदार्थले जण्डिस, मधुमेह तथा क्यान्सर जस्ता रोगहरू लाग्ने सम्भावना धेरै हुन्छ। त्यसैले सकेसम्म ताजा खानेकुरा तथा फलफूल खानु राम्रो हुन्छ।
चिनी कम खानुहोस्
स्वस्थ रहन चाहनुहुन्छ भने सकेसम्म गुलिया खानेकुरा तथा सुगर कम खाने गर्नुहोस्। चिनी धेरै खाने गर्नाले रक्तचाप बढ्नुका साथै रगतमा चिनीको मात्रा बढ्ने सम्भावना धेरै हुन्छ। त्यसैले केक, विभिन्न प्रकारका मिठाइहरू तथा आइसक्रिमहरू कम खाने गर्नुपर्छ।
फाइबरयुक्त डाइट खानुहाेस्
स्वस्थ शरीरका लागि तथा हामीले खाएको खानेकुरा राम्रोसँग पचाउनका लागि शरीरमा प्रशस्त फाइबर आवश्यक पर्छ। त्यसैले नियमित रूपमा फाइबरयुक्त खानेकुरा खानु बेस हुन्छ। फाइबरले लामो समयसम्म भोक नलाग्ने गराउने भएकाले नियमित रूपमा फाइबरयुक्त खानेकुरा खाने गर्नाले शरीरमा मोटोपनाको समस्यासमेत हुँदैन।
नियमित ब्रेकफास्ट गर्नुहोस्
स्वस्थ शरीरका लागि सबैभन्दा पहिले हामीले खाने खानेकुरा पोषणयुक्त हुनुपर्छ तथा समयमा खाने गर्नुपर्छ। एकैपटक धेरै खानेकुरा खानेभन्दा समय समयमा थाेरै थाेरै खानुराम्रो हुन्छ। कम्तीमा पनि दैनिक चार पटक खानेकुरा खाने गर्नुपर्छ।
सकेसम्म दैनिक ब्रेकफास्ट गर्नु राम्रो हुन्छ। ब्रेकफास्टमा सकेसम्म प्रोटिनयुक्त खानेकुराहरू समावेश गर्नुपर्छ। दूध, ताजा फलफूललाई ब्रेकफास्टको रूपमा लिने गर्नुपर्छ।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’