जाडाेमा यसरी जाेगाउनुस् छाला
जाडोयाममा छाला फुस्रो हुने र फुट्ने समस्या देखा पर्छन्। कतिमा चिसोमा काम गर्ने बित्तिकै हातखुट्टा सुन्निने, चिलाउने, रातो हुने, पानीको फोका आउने र फुटेर घाउ हुने समस्या देखिन्छ। यसलाई ‘चिलबेल्न’ भनिन्छ।
चिलबेल्नको समस्या आउन नदिन लुगा धुँदा, भाँडा माझ्दा वा कुनै पनि काममा चिसोपानी प्रयोग गर्दा पञ्जाको प्रयोग गर्नुपर्छ। सकेसम्म चिसो समयमा धेरैबेरसम्म चिसो पानीमा बस्नुहुँदैन।
चिसोका कारण कतिपय तातोपानीले नुहाउने गर्छन्। तर यो गलत हो। किनभने तातोपानीले नुहाउँदा छाला खुम्चिने तथा फुस्रो हुने हुन्छ। सके चिसो नभए मनतातो पानीले नुहाउनु पर्छ।
चाया बढी पर्ने समस्या रहेका व्यक्तिले उपयुक्त हुने एन्टीडेन्ड्रफ स्याम्पुले हप्तामा कम्तीमा दुईपटक टाउको नुहाउने गर्नुपर्छ। नुहाउने क्रममा स्याम्पुले कपाल राम्रोसँग मसाज गर्नुपर्छ।
नुहाएपछि नरम कपडाले शरीर पुस्ने गर्नुपर्छ तर, धेरै सुख्खा हुने गरी वा छाला रगडिने गरी पुस्नु हुँदैन।
जाडोमा छाला तुलनात्मक रूपमा बढी फुस्रो हुने भएकाले मोस्चराइजरयुक्त बडीलोशन लगाउनुपर्छ।
जाडोमा पानी पनि कम पिउने गरिन्छ। सकेसम्म पानी धेरै पिउनुपर्छ। रसिलो फलफूल तथा झोलयुक्त खाना बढी खाने गर्नुपर्छ। यसले छालाको सुरक्षा गर्छ।
घरबाट बाहिर निस्कँदा हातमा पञ्जा, खुट्टामा मोजा, मुखमा माक्स तथा चस्माको प्रयोग गर्ने। यी विधि अपनाएमा तपाई छाला सधैँ चम्किलो स्वस्थ रहन्छ।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’