स्वस्थ रहन सँधै खानुस् रायाेकाे साग
धेरैलाई थाहा नहुन सक्छ, रायोको साग संसारकै दोस्रो बढी पोषणयुक्त तरकारीमा पर्छ। यसमा भिटामिन के, ए, सी, ई, बी वन्, बी टु, बी थ्री, प्रोटिन, फस्फोरस, म्याग्नेसियम, इइरन, प्यान्टोथेनिक एसिडलगायतका विभिन्न पोषण तत्त्व हुन्छ। यी तत्त्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।
रायोको सागलाई पकाएर वा काँचै सलादको रूपमा खान सकिन्छ। रायोको साग बढी पकाउँदा यसको पोषणतत्त्व नष्ट हुने सम्भावना हुन्छ।
रायोको सागको फाइदा
रायोको सागले डण्डीफोरलगायत छालासम्बन्धी विभिन्न समस्याबाट बचाउँछ। रायोको साग गर्भवती महिलाका लागि निकै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन हुने भएकाले वाकवाकी आउने, बान्ता हुने र टाउको दुख्नेजस्ता समस्याबाट बचाउँछ।
रायोको सागमा ‘भिटामिन ए’ को मात्रा प्रशस्त हुन भएकाले आँखालाई स्वस्थ राख्नका लागि सहयोग पुर्याउँछ। यसले आँखामा हुने रतन्धोलगायत समस्याको सम्भावनालाई पनि दूर गर्ने गर्छ।
रायोको सागमा ‘भिटामिन(के’ प्रशस्त मात्रामा पाइन्छ। यसले हाडलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । त्यति मात्र नभएर रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने समस्यालाई पनि रोक्ने गर्छ। हड्डी खिइने समस्यामा पनि रायोको साग उपयाेगी मानिन्छ।
रायाेकाे सागले मुटुको बिरामीलाई राहत दिन्छ। रायोको सागमा पाइने ‘भिटामिन के’ ले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुख क्यान्सरको जखिमलाई कम गर्छ। यसले कलेजो क्यान्सरका बिरामीलाई पनि फाइदा पुर्याउँछ।
निमोनिया, फोक्सोको इन्फेक्सन, रुघाखोकी लाग्ने मानिसलाई पनि यसकाे राहत मिल्छ। यसबाट प्राप्त हुने ‘भिटामिन सी’ ले यस्ता खालका दीर्घरोगीलाई औषधिकै काम गर्छ।
बाथको रोगीलाई पनि रायोको सागले राहत प्रदान गर्छ। यसमा हुने कपरले शरीरको दुखाइ कम गर्छ। पिसाबनलीको पत्थरीबाट पनि रायोको सागले बचाउँछ।
यसले शरीरका विकार पदार्थलाई निस्कासन गर्न समेत सहयोग पुर्याउँछ। त्यति मात्र होइन यसले स्मरणशक्ति बढाउन पनि भूमिका खेल्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण