Health TV Online
Health TV Online
Health TV Online

जाडोमा घाम ताप्नुका यी हुन् फाइदा

जाडोमा घाम ताप्नुका यी हुन् फाइदा

मध्य जाडो छ। जाडोमा घाम सबैलाई प्यारो हुन्छ तर, कतिपय चाहेर पनि घाममा बस्न पाउँदैनन्। त्यस्ता व्यक्तिले जाडोमा केही समय छुट्याएरै घाममा बस्नु उचित हुन्छ।

घाममा बस्नु तत्कालका लागि आनन्ददायक मात्र होइन शरीरको लागि दीर्घकालीन फाइदाजनक पनि छ । जाडो महिनाको बिहानी वा दिउँसोको घामले चिसो हटाएर शरीर न्यानो मात्र बनाउँदैन कैयौँ प्रकारका स्वास्थ्य समस्याबाट समेत बचाउँछ।

जाडो महिनामा घाम ताप्नुका फाइदा–

जाडो मौसममा घाममा बस्दा तत्काल हुने सबैभन्दा ठूलो फाइदा शरीरलाई चिसोबाट बचाएर न्यानो प्रदान गर्ने हो। त्यति मात्र नभएर यसले व्यक्तिको कार्यक्षमतालाई समेत बढाउने काम गर्छ ।

शरीरको रक्तसञ्चारलाई सन्तुलित बनाउन पनि बिहानीको घाम महत्त्वपूर्ण हुन्छ। घामको न्यानो प्रकाशले शरीरमा रगत जम्ने प्रक्रियालाई रोक्छ र रक्तसञ्चार पनि चुस्त पार्छ।

घाममा बस्दा शरीरले अत्यधिक भिटामिन डी ग्रहण गर्छ। भिटामिन डी हाडको विकासको लागि अत्यावश्यक हुन्छ। त्यसको साथै यसले जोर्नी र चिसोको कारणले हुने शारीरिक दुखाइमा पनि फाइदा गर्छ।

निद्रा नपर्ने समस्या समाधानका लागि पनि जाडोमा न्यानो घामको मद्दत लिनुपर्छ। दिमागलाई तनावमुक्त बनाई रातको समयमा गहिरो निद्रा लिन जाडोको घामले सहायता गर्छ।

नियमित रुपमा घाममा बस्नालेफंगल इन्फेक्सनलाई निको हुन्छ। घामले विभिन्न खालका किटाणुको संक्रमबाट पनि बचाउन सहयोग पुर्‍याउँछ। जाडोको घामको न्यानोले मधुमेही र मुटुरोगीलाई समेत राहत दिन्छ।