Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सँधै स्वस्थ रहन यस्ताे गर्नुस् खानपान

सँधै स्वस्थ रहन यस्ताे गर्नुस् खानपान

खानपान गर्न नजान्दा वा मात्रा मिलाउन नजान्दा जीवनभर त्यसको परिणाम भोग्नुपर्छ। सचेत नहुँदा हामीले खाने खानाले ‘इन्फेक्सन’सँग लड्ने क्षमता कम गर्ने, मोटोपना, मुटुरोग, मधुमेह र थुप्रै किसिमको क्यान्सर समेत निम्त्याउने गर्छ।

स्वस्थ रहनका लागि हाम्रो समाज, आहार बनाउने खाद्यान्न र हाम्रो उमेरले पनि फरक पार्छ। तर सबै संस्कृति, समाजलाई मध्यनजर गर्दै केही खानेकुरा छन् जसको सही मात्राको प्रयोग ले स्वस्थ जीवन बाँच्न मद्दत गर्छ।

यसरी बनाऔँ सन्तुलित भाेजन

हाम्रो शरीर जटिल स्वभावको हुन्छ। हाम्रो शरीरलाई स्वस्थ र बलियो राख्न विभिन्न खानेकुराको मिश्रण हुन जरुरी छ।

हामीले सँधै खाने खानेकुरामा आलु, गेडागुडी, गहुँ, मकै, चामल, ताजा फलफूल र दूध, माछा, मासु, अण्डा आदिको सन्तुलन हुनुपर्छ। रेशायुक्त अन्न प्रशस्त खानुपर्छ जसले धरै बेरसम्म पेट भरिपूर्ण राख्छ।

शाकाहारी भएकाे राम्राे। खानैपरे बोसोरहित मासु खानुपर्छ र आँखाले देख्नेसम्मको बोसो निकालेर खाँदा अझ फाइदाजनक हुन्छ। तारेको, भुटेको भन्दापनि बफ्याको, उमालेको खानेकुरा खानुपर्छ। खाजामा कच्चा सागसब्जी, नुन प्रयोग नगरिएको बदाम, ताजा फलफूल खानुपर्छ।

धेरै नुनको प्रयोगले रक्तचाप बढाउँछ, जुन मुटुरोगको एक मुख्य कारण हो। विश्वभर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड (दिनमा ५ ग्राम) भन्दा दाेब्बर खाने गरेको पाइन्छ।

नुन न्यूनीकरण गर्ने उपाय

खानेकुरा पकाउँदा ‘सोया सस्’, ‘फिस् सस्’ जस्ता नुन बढी भएको सस प्रयोग गर्नुहुँदैन। खाजा खाँदा नुन बढी भएको वा ‘प्रोसेस्ड’ खानेकुरा भन्दा ताजा खानेकुरा खानुपर्छ। ‘क्यान’मा राखिएको वा सुख्खा सागसब्जी, बदाम, फलफूल नुन नभएको खरिद गर्न आवश्यक हुन्छ।

बोसोयुक्त तेलको प्रयोग नगराैँ

हाम्रो शरीरलाई बोसो भएको खानेकुरा चाहिन्छ धेरै वा बिगार गर्ने बोसोले मोटोपना, मुटुरोग, हृदयाघात, मस्तिष्काघात जस्ता समस्या निम्त्याउँछ। ‘फ्याक्ट्री’मा बनेको बोसोयुक्त खानेकुरा सबैभन्दा खराब हुन्छ। याे किसिमको खानेकुराले मुटुरोग हुने खतरा ३० प्रतिशतले बढाउँछ।

खानेकुरामा बोसोको मात्रा यसरी घटाऔँ

नौनी, घ्यु जस्ता तेलको सट्टा ‘सोयाबिन’, मकै, सूर्यमुखीको तेल प्रयोग गर्नुपर्छ। रातो मासुको प्रयोगको सट्टा सेतो मासु जस्तै माछाको प्रयोग गर्नुपर्छ।

कम गराैँ चिनीको प्रयोग 

धेरै गुलियोको प्रयोगले दाँतमा मात्र असर गर्दैन, यसले नचाहिने मात्रामा शरीरको तौल बढाउने, मोटोपना र जटिल स्वास्थ्य समस्या पनि निम्त्याउँछ। त्यसैले चिनी प्रयोग भएका पेय पदार्थ, फलफूलको जुसको प्रयोग नगरेकै राम्राे। बालबालिकालाई चिनीको मात्रा बढी भएको वा बजारमा पाइने चिनीयुक्त पेय पदार्थ खान दिनुहुँदैन।

जाँड–रक्सीबाट टाढा रहने

‘अल्कोहल’ स्वास्थ आहारभित्र पर्दै पर्दैन। तर विश्वको प्रायः समुदायमा रमाइलो गर्ने समयमा यसको प्रयोग व्यापक हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार अल्कोहलको सही मात्रा नै हुँदैन। थोरै रक्सी सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ त भनिन्छ तर मात्रा मापन गर्ने कसले? त्यसैले ‘अल्कोहल’ सेवन गर्दै नगर्नु राम्रो हुन्छ।

गर्भवती अवस्था, स्तनपान गराउने महिला, गाडी चलाउने समय, ‘अपरेटिङ्ग मेसिनरी’ चलाउँदा रक्सी सेवन गर्नु घातक नै हुन्छ।

एजेन्सीकाे सहयाेगमा