कपालमा चाया पर्छ? घरमै छ औषधि
गर्मी मौसममा भन्दा जाडो मौसममा कपालमा चाया पर्ने समस्याले धेरैलाई सताइरहेको हुन्छ। चिसोका कारण धेरै समय कपाल छोप्न वा चिसोबाट बच्न धेरै समयसम्म टोपी लगाउने गर्नाले पनि चायाको समस्याले सताउँछ।
घरेलु सामग्रीको दिनहुँ प्रयोग गर्न सके कपालमा चाया पर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।
धुलो, धूवाँ र घाममा टाउको छोपेर हिँड्ने गर्नाले टाउकोमा चाया पर्ने समस्याबाट जोगिन सकिन्छ। घामबाट जोगिएर हिँड्दा टाउकोमा फोहोर जम्मा हुन पाउँदैन र चाया पर्ने सम्भावना कम हुन्छ।
एक सातासम्म नियमित रूपमा एक कप दहीमा एक कप बेसन मिलाएर कपालमा राम्ररी लगाएर दुई घण्टापछि धुँदा कपालको चाया विस्तारै हट्दै जान्छ।
नरिवलको तेल नियमित रूपमा कपालमा लगाउने गर्नाले पनि कपालमा चाया पर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।
अमला र रिट्ठा मिसाएर नियमित रूपमा कपालमा लगाउने र यसको दुई घण्टापछि सफा पानीले कपाल धुँदा पनि कपालमा चाया पर्नबाट बच्न सकिन्छ।
नुहाउनुभन्दा एक घण्टा अगाडि नियमित रूपमा कागतीको रस लगाएर नुहाउँदा पनि कपालमा चाया पर्ने समस्याबाट जोगिन सकिन्छ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान