कपालमा चाया पर्छ? घरमै छ औषधि
गर्मी मौसममा भन्दा जाडो मौसममा कपालमा चाया पर्ने समस्याले धेरैलाई सताइरहेको हुन्छ। चिसोका कारण धेरै समय कपाल छोप्न वा चिसोबाट बच्न धेरै समयसम्म टोपी लगाउने गर्नाले पनि चायाको समस्याले सताउँछ।
घरेलु सामग्रीको दिनहुँ प्रयोग गर्न सके कपालमा चाया पर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।
धुलो, धूवाँ र घाममा टाउको छोपेर हिँड्ने गर्नाले टाउकोमा चाया पर्ने समस्याबाट जोगिन सकिन्छ। घामबाट जोगिएर हिँड्दा टाउकोमा फोहोर जम्मा हुन पाउँदैन र चाया पर्ने सम्भावना कम हुन्छ।
एक सातासम्म नियमित रूपमा एक कप दहीमा एक कप बेसन मिलाएर कपालमा राम्ररी लगाएर दुई घण्टापछि धुँदा कपालको चाया विस्तारै हट्दै जान्छ।
नरिवलको तेल नियमित रूपमा कपालमा लगाउने गर्नाले पनि कपालमा चाया पर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।
अमला र रिट्ठा मिसाएर नियमित रूपमा कपालमा लगाउने र यसको दुई घण्टापछि सफा पानीले कपाल धुँदा पनि कपालमा चाया पर्नबाट बच्न सकिन्छ।
नुहाउनुभन्दा एक घण्टा अगाडि नियमित रूपमा कागतीको रस लगाएर नुहाउँदा पनि कपालमा चाया पर्ने समस्याबाट जोगिन सकिन्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’