निन्द्रा लाग्दैन? अपनाउनुस् यी उपाय
स्वस्थ मानिसका लागि कम्तीमा ६–७ घन्टाको निन्द्रा आवश्यक पर्छ तर, वृद्धवृद्धाको लागि ५–६ घण्टा नै पर्याप्त हुन्छ। साना बच्चाहरूका लागि १०–१२ भने घण्टाको निन्द्रा आवश्यक हुन्छ।
रातमा राम्रो निन्द्रा नआउनाले तपाईँ हामीले विभिन्न किसिमका शारीरिक समस्या सामना गर्नुपर्छ। चिडचिडाहट र एकाग्रतामा कमी, निर्णय लिन समस्या, पेटको गडबडी, थकान र उदासी जस्ता समस्याहरूले सताउँछ।
चिन्ता, तनाव, निराशा, मानसिक र भावनात्मक असुरक्षा वा अन्य कुनै कारणले मानिसलाई राति निन्द्रा लाग्दैन। समयमै नसुत्ने, चिया वा कफी धेरै पिउने, कुनै समस्या वा बिरामी, ढिलो खाना खाने वा भोकै सुत्ने, ढिलोसम्म टिभी इन्टरनेट वा मोबाइल फोनमा व्यस्त हुने आदि कारणले पनि निन्द्रा हराउँछ।
गहिरोसँग निदाउन के गर्ने?
यदि कुनै कुरालाई लिएर तनाव छ भने पनि निन्द्रा पर्दैन। राम्रो र गहिरो निन्द्राको लागि दिमाग शान्त रहनुपर्छ।
सुत्नुभन्दा पहिले थोरै समय दिमागलाई कुनै विशेष चिजमा केन्द्रित गर्दा मनको चञ्चलता कम हुन्छ र राम्रो निन्द्रा आउँछ।
राति सुत्नभन्दा पहिले थोरै बेर यताउता हिँड्ने गर्दा आरामले पनि निन्द्रा आँउछ।
बेलुकी सादा खाना खानुहाेस् तर खाना खानसाथ सुतिनहाल्नुस्।
दैनिक एकै समयमा सुत्नाले निन्द्रा गहिरो आउँछ।
सुत्ने समयमा सजिलो कपडा लगाउनु पर्छ।
सुत्नुभन्दा पहिले मनतातो दूधमा बेसार मिसाएर पिउनाले पनि राम्रो निन्द्रा पर्छ।
सुत्ने प्रयास गरिरहनुभएको छ तर, निन्द्रा आइरहेको छैन भने उठेर थोरैबेर मधुर संगीत सुन्नुहोस्। यसले निदाउन सहयोग गर्छ।
दिउँसाे सुत्नु बानी छ भने हटाइहाल्नुहाेस्।
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ