यसरी बच्नुस् क्यान्सरबाट
शरीरमा रहेका कोषिकाहरु बढेर एकबाट अर्को ठाउँमा फैलिर्दै जानुलाई क्यान्सर भनिन्छ। क्यान्सर शरीरको जुन पनि भागमा हुनसक्छ। कान, गाला, जिब्राे, हड्डी, छाती, स्तन, आन्द्रा र रगत जस्ता अंगमा क्यान्सर हुनसक्छ।
विश्व स्वास्थ्य संगठनले ५० प्रतिशत क्यान्सर मानिसकाे दैनिक जीवनयापनमा भरपर्ने कुरा हो भनेर भनेको छ। क्यान्सरका कारण ज्यान गुमाउनेको संख्या नेपालमा पनि उल्लेख्य छ।
क्यान्सर मानव शरीरमा जतिबेला पनि लाग्नसक्छ। त्यसैले सामान्य तरिका अपनाए क्यान्सरबाट बच्न सकिन्छ।
सूर्तीजन्य पदार्थ र मादक पदार्थ सेवन नगर्ने।
केमिकल हालेको खानेकुरा नखाने, सकेसम्म प्राकृतिक खाना खाने।
ढुसी परेको र सडगलेकाे खानेकुरा नखाने।
शाकाहारी बन्न प्रयास गर्ने, मासु खानै परे रातो वा पाेलेकाे नखाने।
धुवाँधुलाेबाट बच्ने।
नुन ‘कन्ट्राेल’ गर्ने।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड