पाचनसम्बन्धी समस्या देखियाे? अपनाउनुस् याे उपाय
सबैको शरीरले पाचन प्रक्रियाको लागि चाहिने तत्त्व प्राकृतिक रूपमा आफैँ उत्पादन गर्छ। तर कहिलेकाहीँ पाचन प्रणालीलाई सहयोग पनि चाहिन्छ।
कतिपय यस्ता जडिबुटी पनि छन् जसको सेवनले पाचनप्रक्रियालाई सहज बनाउँछ। यदि पाचनसम्बन्धी कुनै समस्या आए घरमै यसरी औषधि बनाउन सकिन्छ–
२८ ग्राम सुख्खा चिराइतोको जरा
१४ ग्राम सुख्खा बुङबुङेको जरा
१४ ग्राम तितेपातीको जरा
१ चिया चम्चा सुन्तलाको सुख्खा बोक्रा
आधा चिया चम्चा सुख्खा अदुवा
आधा चिया चम्चा सुप
सिडलिप स्पाइस ९४ नामक नन् अलकोहल स्पिरिट)
तरिका
सबै जडिबुटीलाई सिसाको भाँडोमा राखेर माथिबाट सिडलिप स्पाइस हाल्ने।
भाँडोलाई पूर्ण रूपमा बन्द गरेर चिसो र अध्यारो ठाँउमा राख्ने।
कम्तीमा दुईदेखि चार हप्तासम्म राख्ने र दिनको एकपटक भाँडोलाई हल्लाउने।
तयार भएपछि सुतीको कपडा वा कफी फिल्टरले छानेर हावा नछिर्ने भाडोमा कोठाको तापक्रममा राख्ने।
प्रयोगः खाना खानु वा खाएपछि केही थोपा सेवन गर्ने।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?