मासिकश्रावका वेला किशाेरीहरूले ध्यान दिनुपर्ने कुरा
किशोरी अवस्थामा शारीरिक परिवर्तनसँगै मासिकश्राव पनि सुरु हुन्छ। यो प्रक्रिया कसैलाई नौ वर्षको उमेरमा हुन्छ। कसैलाई १५\१६ वर्षको उमेरमा पनि हुनसक्छ।
मासिक श्राव हुने वेला अधिकांशको उमेर परिपक्व नभइसक्ने हुनाले समस्या आउँछ। धेरैजसो किशोरी यो वेला आत्तिन्छन्। त्यसैले आमा, दिदी र भाउजुले मासिकश्रावका बारेमा राम्राे ज्ञान दिनुपर्छ।
के हो मासिकश्राव ?
मासिक श्राव एक शारीरिक प्रक्रिया हो। याे उमेर पुगेपछि हरेक महिलामा हुन्छ। सामान्यतया मासिकश्राव २८ दिनको चक्रमा हुन्छ। दुई\तीन दिन अघि वा दुई\तीन दिन पछि पनि हुन सक्छ।
मासिक श्रावको बेला यौनाङ्गबाट रगत बग्छ। यो तीनदेखि पाँच दिनसम्म रहन्छ। दोस्रो वा तेस्रो दिन बढी रगत प्रवाह हुन्छ। याे समयमा कतिपय महिलालाई पेट तथा कम्मर दुख्ने समस्या पनि अाउँछ।
ध्यान दिनुस यी कुरामा
याे वेला यौनाङ्गको सफाइमा सचेत हुननुपर्छ। मासिकश्रावको वेला यौनाङ्गमा संक्रमणको भय हुने भएकाले पनि सामन्य दिनमा भन्दा बढी यस समयमा सरसफाई गर्नुपर्छ।
मासिकश्रावअघि स्यानिटरी प्याड वा सफा कपडाको जोहो गर्नुपर्छ। यो बढीमा छ देखि आठ घण्टामा फेर्नुपर्छ। लामो समयसम्म एउटै प्याड प्रयोग गर्दा त्यसमा ब्याक्टेरिया फैलिने सम्भावना हुन्छ।
मासिक श्रावको बेला शरीरमा आइरनको कमी हुन्छ। त्यसैले आइरनयुक्त खानेकुरा खानुपर्छ। त्यससँगै सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ।
मासिक श्रावको बेला यौनाङ्गमा पाउडर, क्रिमजस्ता वस्तुकाे प्रयोग गर्नु हुँदैन।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’