साैन्दर्यमा निखार ल्याउन चाहनुहुन्छ?, कालाे अंगुर खानुहाेस्
अंगुरको माैसम शुरु हुँदैछ। गुलियाे र रसिलाे फल अंगुर मन नपर्ने काे हाेला? चपाउन त्यति मेहेनत गर्न नपर्ने भएकाले बालबालिका र वृद्धवृद्धाकाे पनि प्रिय फलका रूपमा परिचित छ, अंगुर।
विश्वभर विभिन्न रंगमा पाइने भए पनि नेपालमा हरियो र कालो रंगको अंगुर उपलब्ध हुन्छ। हरियो अंगुरको तुलनामा कालो अंगुर केही महँगो पर्छ।
कालो अंगुरमा पर्याप्त मात्रामा क्यालोरी, फाइबर, भिटामिन सी पाइन्छ। ग्लुकोज, म्याग्नेसियम, साइट्रिक एसिडजस्ता पोषक तत्त्व अंगुरमा हुन्छ। जसले गर्दा विभिन्न रोगका संक्रमण भएका बिरामीलार्इ पनि यो खुवाउन सकिन्छ।
बिहान उठेर खाली पेटमा अंगुर खानु राम्रो मानिन्छ। नियमित खानाले क्षयराेग, क्यान्सर, ब्लड इन्फेक्सनजस्ता रोगविरुद्धको क्षमता बढ्ने बताइन्छ। यो एन्टिअक्सिडेन्टयुक्त फल भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सघाउ पुग्छ।
शरीरमा रगतको मात्रा कमी भएमा कालो अंगुरको एक गिलास जुसमा दुई चम्चा मह मिसाएर एक साता नियमित पिउँदा लाभ हुन्छ। रक्तचाप सन्तुलनमा राख्न, हृदयरोग, मधुमेह, तथा जण्डिस विरुद्धको क्षमता बढाउन पनि कालाे अंगुर महत्त्वपूर्ण छ।
नियमित अंगुर खाने महिलामा स्तन क्यान्सर रोगविरुद्ध लड्ने क्षमता अधिक हुने विज्ञहरू बताउँछन्। अंगुर नियमित खाँदा बढ्दो बुढ्यौलीपन अाउँदैन। यसकाे नियमित प्रयाेगले सौन्दर्यमा समेत निखार आउने बताइन्छ।
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन