बहुगुणकारी बदाम : नियमित खाँदा यस्ताे हुन्छ फाइदा
जाडोमा घाम ताप्दै बदाम खानुको मजा नै बेग्लै। आनन्ददायक मात्र होइन शरीरका लागि निकै फाइदाजनक छ बदाम। सँधै बदाम खानुका धेरै फाइदा छन्।
बदाम वानस्पतिक प्रोटिनको भरपुर स्रोत पनि हो। बदाममा दूध र अण्डाको तुलनामा धेरै प्रोटिन हुन्छ। यसमा आइरन, नियासिन, फोलेट, क्यालसियम, र जिङ्क भरपुर मात्रामा पाइन्छन्। बदाममा भिटामिन ‘ई’, भिटामिन ‘के’ र भिटामिन ‘बी ६’ पाइन्छ। यी तत्त्वहरूको फाइदा लिन प्रत्येक दिन राताे पत्रसहितकाे बदाम कम्तीमा २० दाना खानुपर्ने बताइन्छ।
बदामका फाइदाहरू–
बदामको प्रयोगले छाला र हाडलाई पनि फाइदा पुर्याउँछ।
प्रत्येक दिन केही बदाम खानाले महिला र पुरुषको हर्मोनहरू सन्तुलनमा रहन्छन्।
बदामले पेटसम्बन्धी रोग निको पार्छ। यसको नियमित प्रयोगले ग्यास र एसिडिटीको समस्याबाट पनि मुक्ति पाउन सकिन्छ।
यसको नियमित प्रयोगले भोक नलाग्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ। यसका साथै फोक्सोलाई पनि मजबुत बनाउँछ।
बदामको प्रयोगले कलेस्ट्रोल नियन्त्रण गर्न पनि मद्दत गर्छ। बदामकाे नियमित सेवनले मुटुको रोगहरूबाट पनि टाढा रहन सकिन्छ।
गर्भवती महिलाहरूलाई पनि यसले फाइदा पुर्याउँछ। यसले गर्भमा रहेको शिशुको विकासमा पनि मद्दत गर्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’