उच्च कोलेस्ट्रोल नियन्त्रण गर्ने उपाय
उच्च कोलेस्ट्रोल भनेको रगतमा बोसोको मात्रा बढी हुनु हो । जसले गर्दा बोसो रक्तनलीको भित्तामा टाँसिएर यसलाई साँघुरो बनाउन सक्छ र रक्तप्रवाहमा कमी हुनसक्छ ।
सर्वप्रथम उच्च कोलेस्ट्रोल भएकाले यो किन बढिरहेको छ भन्ने कारण खोज्न जरुरी हुन्छ । कोलेस्ट्रोल बढी हुनुको प्रमुख कारण चिल्लो खानाको अत्यधिक प्रयोग नै हो । त्यसैले पहिले खानामा सुधार गर्नुपर्छ । शाकाहारी खानामा कोलेस्ट्रोल कम हुन्छ । फलफूल र सागसब्जीमा कोलेस्ट्रोल हुँदैन भन्दा पनि हुन्छ । त्यसैले यस्ता खानामा जोड दिनुपर्छ । दुध र दुधबाट बनेका खानामा कोलेस्ट्रोल बढी हुने भएकाले यस्ता खानामा नियन्त्रण गरेको राम्रो मानिन्छ ।
उच्च कोलेस्ट्रोल भएकाले रातो मासु र अण्डाको प्रयोग सकेसम्म कम गर्नुपर्छ । खानामा सुधार गरेको तीन तीन महिनामा लिपीड प्रोफाइल जाँच गरेर हेर्नुपर्छ । कोलेस्ट्रोलको मात्रा बढी भए औषधिको सेवन गर्नुपर्छ । कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा आएपछि चिकित्सकको सल्लाह अनुसार औषधि घटाउन या बन्द गर्न सकिन्छ ।
उच्च रक्तचाप, मधुमेह मुटुरोग भएका र मोटा ब्यक्तिलाई कोलेस्ट्रोल हुने सम्भावना बढी हुन्छ । त्यसैले यस्ता ब्यक्ति अझ सतर्क रहनपर्छ । उच्च कोलेस्ट्रोल ह्दयघातको प्रमुख कारण हो । त्यसैले यसलाई नियन्त्रण गर्न जरुरी छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण