रूघाखाेकीले सतायाे ?, घरेलु उपचार गर्नुस्
चिसो मौसम छ। चिसोका कारण नाकबाट पानी बग्ने,सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने र थकाइ महसुस हुने लगायतका समस्या देखिन्छ।
चिसोबाट बच्न र रुघाखोकीबाट छुटकारा पाउनका लागि बजारमा पाइने औषधिभन्दा घरमा पाइने सामग्रीलाई औषधिका रूपमा प्रयोग गर्न सकिन्छ। सामान्य घरेलु रूपमा पाइने खाद्य पदार्थलाई सेवन गर्न सके यस्ता समस्याबाट बच्न सकिन्छ।
४\५ वटा तुलसीको पातलाई तातोपानीमा राखेर हरेक दिन बिहान खाली पेटमा पिउने गरे रुघाखोकीबाट बच्न सकिन्छ। तुलसीको ४\५ वटा पातलाई नियमित महमा मिसाएर खाएमा पनि खोकी निको हुन्छ।
हरेक दिन बिहान खाली पेटमा ३ ग्रामदेखि ६ ग्राम शुद्ध बेसार मनतातो पानीमा मिसाएर नियमित ३\४ दिनसम्म लगातार सेवन गर्नाले रुघाखोकी बिसेक हुन्छ।
ज्वानो, बेसार र अदुवालाई मिसाएर पानीमा पकाएर हरेक दिन बिहान–बेलुका खाने गरेमा पनि रुघाखोकी निको हुन्छ।
अदुवालाई हल्का पोलेर महसँग मिसाएर नियमित सेवन गरेमा पनि रुघाखोकीबाट बच्न सकिन्छ।
गाउँघरमा पाइने रुदिलोलाई पानीमा पकाएर हरेक दिन नियमित सेवन गर्नाले रुघाखोकी र चिसोबाट निम्तिने श्वासप्रश्वाससम्बन्धी समस्या समाधान हुन्छ।
गाउँघरमा नै पाइने गुर्जोको लहरालाई थिचेर यसको रस नियमित सेवन गरेमा पनि रुघाखोकी र ज्वरोबाट बच्न सकिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण