बच्चाहरूलार्इ नियमित गरिदिनुस् मसाज
हामी नेपालीहरूमा बच्चालाई तेल लगाएर मसाज गरिदिने चलन छ। अागाेमा सेकेर वा घाममा बच्चालार्इ तेल लगाउँदा फाइदा गर्ने विश्वास गरिन्छ। वैज्ञानिक दृष्टिकाेणबाट के महत्व छ त साना शिशुहरूलार्इ गरिने मसाजकाे?
नियमित रूपले मसाज गर्दा बच्चालाई रोग लाग्ने सम्भावना कम हुन्छ।
शरीरको विकासमा पनि यसले महत्त्वपूर्ण भूमिका खेल्छ।
मसाज राम्रो व्यायाम पनि हो। यसले बच्चालाई भावनात्मक सुरक्षा पनि मिल्छ।
राम्रो तेलले मसाज गर्दा बच्चालाई आराम र खुशी मिल्छ। उनीहरूलार्इ राम्ररी निन्द्रा पनि लाग्छ।
मसाज गर्नुअघि ध्यान दिनुपर्ने कुरा
मसाजको समय सफाइको ख्याल राख्नुपर्छ।
यदि बच्चाले भर्खर दूध पिएको छ वा पेट भरिएको छ भने मसाज गरिहाल्नु हुँदैन।
मसाज गरिसकेपछि जाडाे मौसममा तातोपानी र गर्मीमा सामान्य पानीले नुहाइदिनु राम्राे हुन्छ।
तीन\चार महिनाको बच्चालाई नुहाइदिनुअघि उसको सबै अंगमा ‘बेबी आयल’ले मसाज गरिदिनुपर्छ ।
कसरी गर्ने मसाज?
बच्चालाई मसाज गर्दा दाहिने गाेडाबाट शुरु गर्नुपर्छ।
शिशुको खुट्टालाई दुवै हातको बिचमा दबाएर रगड्नुपर्छ।
मसाज गर्नेकाे हात चिसो हुनुहुँदैन।
बच्चाहरूकाे अंग काेमल हुने हुनाले हल्का ढंगले मसाज गरिदिनुपर्छ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य