यस्ता छन् फाइदा, तामाकाे भाँडामा राखिएकाे पानी पिउनुकाे
आयुर्वेदमा बिहान सबेरै अर्थात् उठ्नेबित्तिकै तामाको भाँडामा राखिएको पानी पिउन सिफारिस गरेको छ। विभिन्न अध्ययनबाट पनि तामाको भाँडामा राखिएको पानी स्वास्थ्यका लागि फाइदाजनक हुने विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ।
तामाको भाँडामा राखिएको पानीमा पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ जसले शरीरको दूषित पदार्थ वा टक्सिनहरूलाई बाहिर निकाल्न सहयोग गर्छ। हरेक दिन बिहान खाली पेटमा यस्तो पानी पिउँदा पर्याप्त लाभ लिन सकिन्छ।
यस्तो पानी तामाको भाँडामा कम्तीमा पनि आठ घण्टा राखिएको हुनुपर्छ। तामाको भाँडामा राखेको पानी पिउँदा हुने फाइदाहरू–
तामाको भाँडामा राखिएको पानीमा पर्याप्त मात्रामा कपर पाइन्छ जसलाई पिउँदा शरीरमा रगतको कमी हुँदैन।
तामाको भाँडामा राखिएको पानी पिउँदा कोलेस्ट्रल बढ्दैन र मुटुरोग हुनबाट बचाउँछ।
तामाको भाँडामा राखिएको पानीमा युरिक एसिड पाइने हुँदा नियमित पिउनाले जोर्नीको दुखाइ कम गर्न सहयोग पुर्याउँछ।
यसले शरीरका विषाक्त पदार्थलाई बाहिर पठाउन मद्दत गर्छ। फलस्वरूप तौल बढ्न पाउँदैन।
तामाको भाँडोमा राखिएको पानीमा विद्यमान कपरले थाइराइड नामक हर्मोनलाई सन्तुलनमा राख्छ, जसले थाइराइडको समस्या हुन दिँदैन।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य