नियमित खाने गर्नुस् पुदिना, यस्ता छन् फाइदा
काठमाडौं : पुदिना सामान्यतया अचार बनाउन प्रयोग गरिन्छ। यो आयुर्वेदिक उपचारमा पनि प्रयोग हुन्छ। पुदिना ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ। नियमित यसको प्रयोगले विभिन्न शारीरिक समस्याहरूमा लाभ मिल्छ।
नियमित पुदिना सेवन गर्नुका यस्ता छन् फाइदा–
नियमित पुदिनाको सेवनले कोलेस्ट्रोलसमेत कम गर्छ।
पुदिनाको एक–दुई चम्चा रस, केही मात्रामा वीरेनुन राखी चार गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ।
प्रशस्त मात्रामा भिटामिन ‘ए’ हुने भएकाले यसको नियमित सेवनले पाचनशक्ति बढाउनुका साथै खानाकाे रूचिसमेत बढाउँछ।
तुलसी, कालो मरिचसँग पुदिना मिसाएर यसको पानी खाँदा पेटमा जम्मा भएको ग्यास बहिर निकाल्छ।
नियमित रूपमा पुदिनाको पत्ता चपाएर खाँदा मुख गह्नाउने समस्या समाधान हुनुका साथै दाँत दुख्ने समस्या पनि कम हुन्छ।
पुदिनाको पत्तालाई निबुवाको रसमा मिलाएर खानाले बान्ता हुन रोकिन्छ।
छालाको संक्रमण, अनुहारमा डण्डीफोर तथा अन्य दाग छ भने नियमित रूपमा पुदिनाको पत्तालाई पिसेर लेपन लगाउनँदा फाइदा पुग्छ।
शरीरमा हुने विभिन्न खालका एलर्जी हटाउन र शरीरमा क्यान्सरका कोषहरू बढ्नबाट समेत जोगाउन पुदिना सहयाेगी मानिन्छ।





नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशी
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत
जलन उपचारमा अपोलोको अनुभव : ८० प्रतिशतसम्म जलेका बिरामीलाई समेत जीवनदान
मस्तिष्क मृत्युपछिको अङ्गदान, पुण्य काम