यात्रामा निस्किँदा बाेक्नुहाेस् प्राथमिक उपचारका सामग्री
तपाइँ हामी विभिन्न काम विशेष तथा घुम्न देश विदेश गइरहन्छौँ। यसरी घुम्न जाँदा धेरै कुरा याद गर्नुपर्ने हुन्छ। त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण हो, आफूलाई चाहिने औषधि।
हामी देशभित्र होस् या बाहिर जाँदा आफूले खाने औषधि साथमा लिएर जान बिर्सिन हुँदैन। घुम्न जाने ठाउँको मौसम र वातावरण जानी राख्नुपर्छ। वातावरणका कारण पनि बिरामी पर्न सक्ने सम्भावना हुन्छ। त्यसलाई मध्यनजर राख्दै त्यही बमोजिम योजना बनाउनुपर्छ।
यात्रामा निस्किँदा मौसम,वातावरण र खानेकुरा नमिलेर पनि बिरामी पर्ने सम्भावना हुन्छ। त्यसैले पनि यात्रामा निस्कदा हातखुट्टा दुख्ने, ज्वरो आउने,रुघाखोकी लाग्ने हुनसक्छ। त्यसै पनि प्राथमिक उपचारका सामग्री बोकेर हिँड्नुपर्छ।
खाना नमिल्दा पनि समस्या आउन सक्छ यस्तो अवस्थामा डाइजिन अथवा खाना पचाउने औषधि साथमा राख्दा राम्रो हुन्छ। आफूले नचिनेको ठाउँमा औषधि भेटिन्छ वा भेटिँदैन थाहा हुँदैन। त्यही ब्राण्डकाे औषधि नभेटिन पनि सक्छ। यात्रामा निस्किँदा यस्ता कुरामा ध्यान पुर्याउन सके यात्रा स्वस्थकर र सुखमय बन्न सक्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’