नुनसँग गाँसिएका गलत धारणा छाडाैँ
अत्यधिक नुनको सेवनले रक्तचाप बढाउँछ। स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ। नुनिलो खानेकुराहरूको प्रयोग सकेसम्म कम गर्नुपर्छ। उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनको बारेमा अझ बढी सावधानी अपनाउनुपर्छ।
दिनहुँ एक चिया चम्चा भन्दा बढी नुन खानु हुँदैन। तर नुन खाँदै नखानु वा अत्यन्त कम खानु उल्टै हानिकारक हुनसक्छ। नुन कम खानु रक्तचाप कम गर्ने एउटा तरिका त हो, तर नुन मात्रै कम खाएर रक्तचाप नियन्त्रण गर्न खोज्नु बुद्धिमानी पक्कै होइन।
हाम्रो समाजमा नुनसँग धैरै गलत धारणाहरू गाँसिएका छन्। यसकारण कहिलेकाँही नुन कम खाएर बेहोश भई बिरामीलाई अस्पताल पुर्याउन परेको धेरै घटना हामीले पनि देख्ने गरेका छौं।
नुन धेरै नै कम खायो भने सोडियमका मात्रा रगतमा कम भएर मान्छे बेहोस हुनसक्छ। कहिलेकाँही नुनको कमीले सिकिस्त भएर बिरामीकाे ज्यान पनि जानसक्छ। घरमा सामान्य नुन हालेर खाना खान मिल्छ। मूलतः बढी नुनिलो खाना नखाने, खानामा नुन नथप्ने, लो सोडियम नुनको प्रयोग गर्ने आदि रक्तचाप नियन्त्रण गर्ने सरल उपाय हुन्।
नुनको सट्टामा मसला र कागतीको प्रयोग गरेर खानालाई स्वादिष्ट बनाउन सकिन्छ।
मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलको म पनि डाक्टर पुस्तकबाट





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण