हृदयाघातका १० लक्षण, बच्ने १० उपाय
नसर्ने रोगहरूमध्ये सबैभन्दा धेरै मानिसको ज्यान लिने रोग हो, हृदयाघात। मुटुले शरीरमा रक्तसञ्चार गराउने पम्पको काम गर्छ। मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीन वटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त ऊर्जाले मुटुलाई यो काममा सहयोग पुर्याउँछ। त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरू स्वस्थ हुनु अत्यावश्यक हुन्छ।
जब यी रक्तनलीभित्र विभिन्न कारणबाट बोसो (कोलेस्टेरोल) जमेर साँघुरो हुन्छ तब मुटुमा रगतको प्रवाहमा अवरोध पुग्छ। याेसँगै मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन अपुग हुन्छ।
यसबाट बिस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढी हुन्छ। यस्ताे अवस्थामा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ। मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन्छ। यो क्रम लम्बिदै गएमा मांसपेशी मर्छ र काम गर्न छाड्छ। यो अवस्थालाई हृदयाघात भनिन्छ।
हृदयाघातका १० लक्षण–
छातीको बिच भागमा दुख्नु,
गह्रौँ चिजले थिचेजस्तो हुनु,
छाती कसिएजस्तो महसुस हुनु,
छातीको दुखाइ बायाँ हाततिर सर्नु,
पेटको बीचमा अत्यधिक दुखाइ हुनु,
चिटचिट पसिना आउनु,
वाकवाकी लाग्नु तथा बान्ता हुनु,
डर लाग्नु तथा मुटुको धड्कन बढेको महसुस हुनु,
विशेषगरी मधुमेहका रोगी तथा वृद्धवृद्धाहरुलाई अचानक असहज तथा स्वाँस्वाँ हुनु,
र, वृद्धवृद्धाहरुले अचानक बेसुरको कुरा गर्न थाल्नु र रिंगटा लाग्नु।
महिला, वृद्ध र मधुमेहका रोगीमा हृदयाघातको लक्षण अलि फरक हुने भएकाले विशेष सावधानी अपनाउनु पर्छ।
हृदयाघातबाट बच्ने १० तरिका–
चुरोट र मदिरासेवन पूर्णरूपमा बन्द गर्ने,
कोलेस्टेरोल नियन्त्रण गर्ने,
रक्तचाप नियन्त्रणमा राख्ने,
मधुमेहको उचित उपचार गर्ने,
तौल नियन्त्रणमा राख्ने,
स्वस्थ आहारको सेवन गर्ने (फलफूल, सागसब्जी बढी मात्रामा सेवन गर्ने),
मानसिक तनाव र रिस कम गर्ने,
प्रदूषणबाट बच्ने,
दैनिक कम्तीमा आधा घण्टा हिँडडुल गर्ने,
र, चिकित्सकको सल्लाह अनुसार एस्पिरिन र कोलेस्टेरोलको औषधि प्रयोग गर्ने।
एजेन्सीकाे सहयाेगमा
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’