यस्ता स्वास्थ्य समस्या छन्?, अपनाउनुस् यी उपाय
कब्जियतकाे समस्या– शरीरलाई आवश्यक पर्ने मात्रामा पानी नखाए कब्जियत हुन्छ। ‘फाइबर’ र पानी दुवैैले पाचन प्रक्रियामा मद्दत पुग्छ। फाइबरयुक्त खाना खाँदा यो समस्याबाट टाढा रहन सकिन्छ।
श्वास गन्हाउनु– जब आवश्यक ‘ग्लुकोज’को मात्रा पुग्दैन तब हाम्रो शरीरमा रहेको बोसो पग्लिन्छ र ‘केटोन’ नामक एसिड उत्पन्न हुन्छ। जसले थोरै ‘कार्बोहाइड्रेट’ भएको खानेकुरा खान्छ, उसको श्वासमा केटोन मिसिएर आउँछ र श्वास फेर्दा गन्ध आउँछ।
छालामा परिवर्तन– भनिन्छ छालाले शरीरको बारेमा धेरै कुरा बताउँछ। खराब आहारले अनुहारमा डण्डीफोर र अन्य खटिरा आउँछ। छालामा सेतो दाग आउनुको कारण शरीरमा ‘क्याल्सियम’को कमीले हुन सक्छ। त्यसैले शरीरले क्याल्सियम प्राप्त गर्ने खाना पर्याप्त रूपमा खान आवश्यक छ।
कपाल पातलो हुनु– कपाल पातलिनुको प्रमुख कारण हो, आइरनको कमी। आइरनले ‘रेड ब्लड सेल’ बढाउँछ। यसले रगतमा अक्सिजन पुर्याउने काम गर्छ। खानामा दैनिक हरियो साग, तरकारी र दाल अनिवार्य गर्नाले कपाल पातलो हुने समस्याबाट मुक्ति पाइन्छ।
ओठको कुनामा घाउ आउनु– धेरैलाई ओठको कुनामा घाउ आउने समस्याले सताइरहेको हुन्छ। यो शरीरमा आइरनको कमीले हुन्छ। यसको एक मात्र समाधान आइरनयुक्त खाना खाने हो।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?