महिनावारीमा स्वस्थ रहन खानुस् यी खानेकुरा
महिनावारी महिलाहरूमा हुने नियमित प्रक्रिया हो। महिनावारी हुँदा कस्ता खानेकुरा खाने भन्ने जिज्ञासा अाम महिलामा हुन्छ।
महिनावारीको समयमा शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन। प्रशस्त मात्रामा पिउनुपर्छ। गर्मीको समयमा अझ बढी ध्यान दिनुपर्छ।
आइरनयुक्त खाना जस्तै– कालो चना, ‘स्प्राउटस्’, साग, पालुङ्गो, चिनीयुक्त खानेकुराहरु, फलफूल र भिटामिन ‘सी’ खानुपर्छ। आइरनले ‘हेमोग्लोबिन’ बढाउन मद्दत पुर्याउँछ जुन महिनावारीको समयमा अत्यन्त आवश्यक हुन्छ।
भिटामिन ‘सी’ ले दुखाइ र मांसपेशीमा हुने ऐठन कम पार्न मद्दत गर्छ। थकान कम हुन्छ।
यसैगरी मासंपेशीमा दुखाइ हुने महिलाले भारी खाना खानुहुँदैन। दही, बेसार, नपाकेको मेवा, घ्युकुमारी, अदुवा, जिरा र दालचिनीले पनि महिनावारीकाे समयमा महिलालार्इ राहत दिन्छन्।
food.ndtv.com





नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशी
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत
जलन उपचारमा अपोलोको अनुभव : ८० प्रतिशतसम्म जलेका बिरामीलाई समेत जीवनदान
मस्तिष्क मृत्युपछिको अङ्गदान, पुण्य काम