स्वस्थ रहन चाहनु हुन्छ? प्रतिदिन बदाम खाने गर्नुस्
‘अालमण्ड’ अर्थात् बदाम प्रकृतिकाे अनमाेल उपहार। सानाे फल भए पनि याे बहुगुणकारी छ। बदामकाे नियमित सेवनले शरीरमा विभिन्न राेग लाग्न त पाउँदैन नै याे बुद्धिबर्धक र साैन्दर्यबर्धक पनि मानिन्छ।
यसमा प्रोटिन, भिटामिन, मिनरल्स र फ्याट पर्याप्त मात्रामा हुन्छ। शरीको छाला मुलायम बनाउन मात्र होइन यसमा भएका तत्त्वहरूले मस्तिष्क ताजा राख्न मद्दत गर्छ। कपाल स्वस्थ राख्न पनि यो महत्त्वपूर्ण मानिन्छ। अघिल्लाे दिन रातभर भिजाएकाे बदाम बिहान नियमित रूपमा खुवाउँदा साना नानीहरूकाे दिमाग तेज हुन्छ। याे प्रयाेग वयस्क व्यक्तिमा पनि गर्ना सकिन्छ।
यसले मुटु स्वस्थ राख्न पनि मद्दत गर्छ। शोधहरूका अनुसार सातामा पाँच दिन बदाम खानेहरूलाई नखानेको तुलनामा हृदयाघात हुने सम्भावना ५० प्रतिशतले कम हुन्छ। बदाममा र्भका भिटामिन ईले ‘एन्टी कक्सिडेन्टल’को रूपमा काम गर्छ। यसले मुटुका अन्य रोगहरू समेत दूर गर्छ।
बदाममा हुने अधिक मात्राको पोटासियमले शरीरको रक्तसञ्चार सहज पार्न र प्रत्येक अंगमा अक्सिजन पुर्याउन मद्दत गर्छ। यसले हरेक अंगलाई सामान्य रूपले काम गर्न सहयोग पुर्याउँछ।
बदाममा क्याल्सियमको मात्रा भरपुर हुन्छ। क्याल्सियम हाडका लागि महत्त्वपूर्ण तत्त्व हो। यसको सेवनबाट ओस्टोपोरोसिस रोग लाग्ने खतरा पनि कम हुन्छ। बदाम सेवनले दाँतलाई समेत फाइदा गर्छ।
बदाममा फाइबरको मात्रा पनि प्रशस्त हुन्छ। यसले पाचन प्रक्रिया चुस्त राख्नुका साथै कोलोन क्यान्सर हुने खतराबाट धेरै हदसम्म जोगाउँछ।
बदाममा अन्य धेरै पोषक तत्त्व हुन्छन्, जस्तै : म्यागाजिन, कपर , राइबोफ्लाविन आदि। यी सबै तत्तवले शरीरमा शक्ति र ऊर्जा प्रदान गर्छन्। बिहानीपख अघिल्लो दिन पानीमा भिजाएको वा दूधसँग पाँच बदाम खानु स्वास्थ्यका लागि लाभदायक छ।
बदाममा भएका तत्त्वले मधुमेहजस्ता रोगलाई पनि फाइदा पुर्याउँछ। नियमित रूपले बदाम सेवन गर्नाले मधुमेहसँग लड्नसक्ने क्षमता वृद्धि गर्छ
बदाममा फलिक एसिड हुन्छ जसले महिलालाई प्रसवसम्बन्धी समस्यामा फाइदा पुर्याउँछ। यो एसिडले भ्रूणको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। गर्भको समयमा यो एसिड सेवन गर्ने महिलाको बच्चा अधिक स्वस्थ रहन्छन्। त्यसैले गर्भावस्थामा यसको सेवन फलदायी मानिन्छ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार