कुशका यस्ता छन् फाइदा
काठमाडाैं : नेपाली सनातन समाजमा भाद्र कृष्ण औँसीमा घरघरमा कुश भित्र्याउने चलन छ। कुशेऔँसीमा काटेको कुश एक वर्षसम्म पूजाआजा पितृकार्यका लागि प्रयोग गर्ने चलन छ।
कुश औँसीमा बाहेक अरु दिन काट्नु हुँदैन भनिन्छ। कुश जरादेखि टुप्पोसम्म भएको प्रयोग गर्नुपर्ने बताइन्छ। सनातन धर्मावलम्बीहरूका देवकार्य वा पितृकार्य कुशबिना सम्पन्न हुन सक्दैन।
आयुर्वेदमा कुशबाट बनेका विभिन्न औषधिहरूको चर्चा गरिएको पाउन सकिन्छ। क्षयरोग, चर्म, रक्त, मूत्रलगायतका रोगका लागि कुशबाट बनेका औषधीहरूको प्रयोग गरिन्छ। कुशको जरा र पातबाट विभिन्न प्रकारका औषधी बन्छ।
कुशको प्रयोगबाट हृदयरोग नहुने शिरको दुखाइ नहुनेजस्ता आयुर्वेद र पुराणहरूमा बताइएको छ। नवजात शिशुलाई खुवाउने दूध नआए आमाले कुशको औषधिबाट फाइदा लिनसक्ने बताइएको छ।
कुशको टुप्पामा ‘फोनेटिक भाइब्रेसन’ सुचालन गर्ने क्षमता भएको वैज्ञानिकहरू बताउँछन्। यसले विभिन्न उपकरणहरूबाट आउने हानिकारक विकिरणहरूलाई नाश गर्ने क्षमता राख्छ।
कुशबाट उत्पन्न हुने चुम्बकीय प्रभावले रक्तसञ्चारलाई समेत सहज बनाइदिने वैज्ञानिक अनुसन्धानले बताएको छ। ढोकामाथि सिउरिएको कुशले कोठाको वातावरणलाई स्वच्छ बनाउने अनुसन्धानबाट पत्ता लागेको छ।
एजेन्सीकाे सहयाेगमा
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै