प्रत्यारोपणपछि पनि कसरी स्वस्थ रहने ?
जब मिर्गौलाले काम गर्न छोड्छ । बिरामीसँग २ वटा बिकल्प हुन्छन् -डायलाइसिस र प्रत्यारोपण । डाइलाइसिस केही समयका लागि मात्र उपयुक्त हुन्छ । अन्तिममा प्रत्यारोपण नै अन्तिम विकल्प हो ।
मिर्गौला प्रत्यारोपण गरिसकेपछि बिरामीले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ । यस्ता बिरामीले स्वास्थ्य जाँचमा निकै ध्यान दिनुपर्छ ।
प्रत्येक तीन तीन महिनामा स्वास्थ्य जाँच गरी चिकित्सकलाई देखाउनुपर्छ । नियमित जाँच गर्दा प्रत्यारोपण गरेको मिर्गौलाले कति काम गरिरहेको छ भन्ने थाहा हुन्छ । प्रत्यारोपण गरेका बिरामीले चिकित्सकको सल्लाह अनुसार नियमित औषधिको सेवन गर्नुपर्नेहुन्छ । औषधि खान बिर्सें वा आज खाँदिन भन्ने छुट यस्ता बिरामीलाई हुँदैन किनभने एक दिन मात्र औषधि छुट्यो भने यसले मिर्गौलाको काममा असर पार्न थाल्छ ।
त्यसैले यस्ता बिरामीले औषधि पुग्ने गरी आफूसँग राख्नुपर्छ । साथै यात्रामा निस्कने क्रममा पनि औषधि लिएर हिंड्नुपर्छ ।
प्रत्यारोपण गरेका व्यक्तिलाई संक्रमणले छिटो आक्रमण गर्न सक्छ । त्यसैले धुलो धुँवाबाट पनि टाढा रहनुपर्छ । प्रत्येक दिन मनतातो पानीले नुहाउने गर्नुपर्छ । यसले गर्दा शरीर चंगा रहन्छ । आफ्नो ब्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुका साथै स्वस्थ र पौष्टिक आहारको सेवन गर्नुपर्छ ।
डा. दिब्या सिंह शाह
नेफ्रोलोजिस्ट





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण