माैसमी रूघाखाेकी र ज्वराेकाे घरेलु उपचार
आजभोलि भाइरस वा विषाणुले हुने ज्वरो फैलिएको छ। यो साना ठूला सबैलार्इ आउन सक्छ।
यसमा कुनै जटिलता नभएमा ‘एण्टिवायोटिक’ भनिने साधारणतया ब्याक्टेरिया मार्ने औषधिको कुनै उपयोगिता छैन। उल्टै हानि हुन सक्छ।
घरैमा पूर्ण विश्राम, पचाउन सजिलो राम्रोसित पकाएको खानेकुरा, पर्याप्त मात्रामा उमालेर सेलाएको पानी र ल्वाङ राखी उमालेको पानी पिउनाले छिटो सञ्चो हुन सहयोग पुग्छ। सजिलै सर्न सक्ने भएकाले अरुलाई जोगाउनका लागि साधारणतया ज्वरो आइञ्जेल अलग्गै बस्ने गर्नुपर्छ।
रुघाखोकीसहितको ज्वरो हो भने तुलसीको रस र अदुवाको रस केही थोपा एक चम्चा महमा मिसाई चाट्दै गर्नाले धेरै लाभ हुन्छ।
डा.अाचार्यकाे फेसबुकबाट





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण