असार १५ मा खाइने दही चिउरा कति उपयोगी ?

असार १५ अर्थात् दही चिउरा खाने दिन। सामाजिक एवं साँस्कृतिक दृष्टिकोणबाट यो दिन खाइने दही चिउरा महत्त्व छ। तर स्वास्थ्यका हिसाबले कति उपयोगी होला? यो परिकारले मानव स्वास्थ्यमा कस्तो फाइदा पुर्याउँछ त?
असार महिनामा गर्मी अधिक हुने भएका कारण दही सेवन गर्नु राम्रो मानिन्छ। दहीमा क्याल्सियम, सोडियम, भिटामिन र पोटासियम पनि पाइन्छ। दहीमा पाइने ल्याक्टोब्यासिलस ब्याक्टेरिया मानव स्वास्थ्यका लागि अत्यन्तै लाभदायक हुन्छ। साथै चिउरा काब्रोहाइड्रेडको प्रमुख स्रोत हो। गर्मीयाममा पसिनाले शरीरबाट पानीको मात्रा कम हुन पुग्छ। र यी दुवै मिसाएर खाँदा यसलाई परिपूर्ति गर्न समेत दहीचिउरा खानु उपयुक्त मानिन्छ।
दहीचिउरा स्वादिष्ट बनाउन गुलियो बनाउन चिनी वा केरासमेत मिसाउने चलन छ। दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउनका साथै मांसपेशी र हाड बलियो बनाउन मद्दत गर्छ। साथै यसले पाचन प्रक्रियामा सहयोग पुर्याउनुका साथै पखाला लाग्नबाट समेत बचाउँछ।
चिउरामा काब्रोहाइड्रेड र आइरनको मात्रा बढी हुने भएकाले यसले काम गर्नका लागि शक्ति प्रदान गर्छ। यो पकाउन नपर्ने भएकाले समयको बचत समेत हुन्छ। धान रोप्ने चटारो हुने असार महिनामा थाेरै समयमा स्वादिष्ट एवं पोषिलो खानाकाे रूपमा दही चिउरा खाने चलन चलेकाे बुझिन्छ।
पोषणविद् डा. अरुणा उप्रेतीसँग गरिएको कुराकानीमा आधारित
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै