कपालबाट चाया हटाउन अपनाउनुस् यस्ताे उपाय
चायाले तपाईँ हामी धेरैलाई दुःख दिएको हुन सक्छ । हेलचेक्र्याइँ गर्दा यो समस्याले जटिल रूप पनि लिन सक्छ। चायाले कपाल झार्ने समस्या पनि निम्त्याउन सक्छ। चायाको समस्यालाई हेलचेक्र्याइँ गर्दा तालु रातो हुने, अत्यधिक चिलाउने, तालुबाट रगत बग्ने लगायतका समस्या हुने गर्छ। यस्तो अवस्थामा तत्काल चिकित्सककहाँ जानुपर्छ।
यी हुन् कपालमा चाया पर्ने कारण
सरसफाइमा ध्यान नदिँदा, कपाल कम नुहाउने बानीले कपालमा चाया पर्न सक्छ।
शरीरमा हुने हर्मोन परिवर्तनका कारण पनि चायाको समस्या हुन्छ।
कतिपयमा वंशाणुगत कारणले पनि चाया पर्ने गर्छ। चायाको कारक टाउकोको छालामा बढी समस्या हुनु, अस्वस्थकर खाना, कपालमा रसायन बढी प्रयोग पनि हो ।
सुक्खा वातावरणमा बस्ने मानिसमा पनि चायाको समस्या हुन्छ।
लामो समयदेखि तनाव, थकान, चिन्ता, टाउकोको एलर्जी लगायतका कारण पनि कपालमा चाया पर्छ।
बच्ने उपाय
स्वास्थ्यकर भिटामिनयुक्त खाद्य पदार्थको प्रयोगले चायाको समस्याबाट बच्न सकिन्छ।
चायाबाट बच्न नियमित रूपमा कपाल नुहाउँदा राम्रो हुन्छ। तर टाउको नुहाउन बढी मात्रामा स्याम्पुको प्रयोग गर्नुहुँदैन।
कपालको सौन्दर्य बढाउन अत्यधिक रसायनको प्रयोग गर्ने बानी हुन्छ। याे घातक हाे। त्यस्तै त्यस्तो बानी तत्काल हटाउँदा राम्रो हुन्छ।
चायालाई पूर्णरूपमा निको पार्न भने सकिँदैन। यसलाई न्युन भने गर्न सकिन्छ।







Pledges to Curb Antimicrobial Resistance Must Urgently Translate into Action
वरिष्ठ युरोलोजिष्ट डा सञ्जय खड्गीलाई अन्तराष्ट्रिय अवार्ड
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो