एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
हेल्थ टिभी अनलाइन : एमडीएच फर्मास्युटिकल्स प्रालिले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित ‘ईएसक्युआर क्वालिटी एचिभमेन्ट अवार्ड २०२६’ प्राप्त गरेको छ।
बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित युरोपेली गुणस्तर अनुसन्धान समाज ईएसक्यूआर को अन्तर्राष्ट्रिय गुणस्तर सम्मेलन तथा पुरस्कार समारोहमा कम्पनीलाई गोल्ड क्याटोगोरी अन्तर्गत उक्त सम्मान प्रदान गरिएको जनाइएको छ ।
एमडीएच कम्पनीका अध्यक्ष दीपकप्रसाद दाहालका अनुसार औषधीको गुणस्तरप्रतिको प्रतिबद्धता, अनुसन्धान तथा विकास, नवप्रवर्तन, ग्राहक सन्तुष्टि तथा अन्तर्राष्ट्रियस्तरको गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयनका आधारमा एमडीएचलाई उक्त सम्मान प्रदान गरिएको हो।
उनले आफनो कम्पनी २२ वर्षदेखि नेपालमा पशु स्वास्थ्यसम्बन्धी औषधी तथा पशु आहार पूरक पदार्थ उत्पादन गर्दै आएको र स्वदेशी उद्योगमध्ये अग्रणी रहेको दावी गरे । कम्पनीले पशुपालन तथा कृषि क्षेत्रका लागि आवश्यक गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै राष्ट्रिय अर्थतन्त्र र खाद्य सुरक्षामा योगदान पुर्याउँदै आएको पनि उनको भनाई थियो ।
स्विट्जरल्याण्डस्थित युरोपेली गुणस्तर अनुसन्धान समाज विश्वभरका उद्योग, व्यवसाय, शैक्षिक संस्था तथा नेतृत्वकर्तालाई गुणस्तर व्यवस्थापन, नवप्रवर्तन, ग्राहक सन्तुष्टि तथा संस्थागत उत्कृष्टताका आधारमा सम्मान प्रदान गर्ने अन्तर्राष्ट्रिय संस्था हो। यस संस्थाले प्रदान गर्ने ‘गुणस्तर उपलब्धि पुरस्कार’ अन्तर्राष्ट्रिय स्तरमा गुणस्तर र उत्कृष्ट व्यवस्थापनको प्रतीकका रूपमा चिनिने गर्दछ।
यसैबीच कम्पनीले नेपाली औषधी उद्योगमा नयाँ इतिहास रच्दै नेपालमै पहिलो पटक दीर्घकालीन श्वासप्रश्वास अवरोधसम्बन्धी रोग सीओपीडी तथा दम रोगका बिरामीका लागि ड्राई पाउडर इनहेलर उत्पादन सफलतापूर्वक सुरु गरेको जनाएको छ। यसबाट हालसम्म आयातमा निर्भर रहेको श्वासप्रश्वाससम्बन्धी अत्यावश्यक औषधीको स्वदेशी उत्पादन सम्भव भएको कम्पनीको दाबी छ।
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?