Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’

क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’

हेल्थ टिभी अनलाइन : क्यान्सर बिजेताहरुले क्यान्सर एउटा रोग मात्र भएको र यसलाई जित्न सकिने हुँदा क्यान्सरलाई मृत्युका रुपमा हेर्न नहुने बताएका छन्। नेपाल क्यान्सर सभाईभर्स सोसाइटीले ‘नेशनल क्यान्सर सर्भाइभर्स डे’ का दिन आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

८० जना भन्दा बढी क्यान्सर बिजेताहरु एउटै थलोमा भेला भएर आ आफना उपचार अनुभव सुनाउँदै क्यान्सर जित्नका लागि आत्मबल, समयमै उपचार र परिवारको दरिलो साथ चाहिने बताए । कार्यक्रममा सोसाइटीकी अध्यक्ष प्रमिता खनालले आफूहरुले छिटै केही मागसहित सरकार समक्ष ज्ञापनपत्र बुझाउने समेत जानकारी दिइन । उनले क्यान्सर बिरामीका लागि औषधिमा छुट, यातायातमा सुविधा, छुट्टै परिचय पत्र लगायतका माग सहितको ज्ञापनपत्र बुझाउन लागिएको जिकीर गरिन ।

कार्यक्रममा क्यान्सरलाई जितेर प्रेरणादायी काम गरेको भन्दै साइकल यात्री ध्रुवप्रसाद हुमागाईंलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा क्यान्सर बिजेताहरुले आफूले कसरी क्यान्सर जितेर सक्रिय जिवन जिइरहेको छु भन्ने अनुभव साटासाट गरेका थिए भने नाचगान समेत गरेका थिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार