नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
एक वर्षभित्रै रोबोटिक सर्जरी सुरु हुने
हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले एक अर्ब लगानी थपेर सेवा विस्तार गर्ने भएको छ ।
अस्पतालको ९ औं वार्षिकोत्सवको अवसरमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले क्यान्सर उपचारमा कुनै कसर बाँकी नराख्ने भन्दै एक अर्ब लगानी थप गर्न लागिएको बताए । उनले भने, ‘नेपालीको क्यान्सर उपचार नेपालमा नै भन्ने अस्पतालको नारालाई अझ बढी सार्थक बनाउन यो लगानी सदुपयोग हुनेछ । हामी एक वर्षभित्रै अत्याधुनिक मानिने रोबोटिक सर्जरी सुरु गर्नेछौं । यसले जटिल र बढी फैलिएकाे क्यान्सरको लागि अत्यन्त फाइदाजनक हुनेछ ।’
यसैगरी उनले अन्य अत्याधुनिक प्रविधि र उपकरण भित्राउने पनि जिकीर गरे । सेवा विस्तारसँगै भवन पनि थप गर्दै सय बेडको अस्पताललाई २ सय बेडको बनाइने पनि उनले जानकारी दिए । क्यान्सर निदान र उपचारमा आवश्यक पर्ने अत्याधुनिक ल्याब, क्याथ ल्याब तथा न्युक्लिअर मेडिसिनमा पनि लगानी गरिने उनले जिकीर गरे । उनले भने, ‘यो सेवा विस्तारसँगै अब नेपाल क्यान्सर अस्पताल एउटै छतमुनिबाट सेवा दिने विश्वस्तरीय अत्याधुनिक एक सर्वांगीण क्यान्सर केन्द्र साबित हुनेछ ।’
यसैगरी अस्पतालका मेडिकल डाइरेक्टर डा विजेश राज घिमिरेले हरेक वर्ष नेपाल क्यान्सर अस्पतालले २ हजारको हाराहारीमा क्यान्सरका नयाँ बिरामीको उपचार गरिरहेको जानकारी दिए ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण