क्यान्सरबारे सचेतना जगाउन नेपाल क्यान्सर अस्पतालको वाकाथन
हेल्थ टिभी अनलाइन : क्यान्सरबारे सचेतना जगाउन नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले वाकाथन कार्यक्रम गरेको छ । अस्पतालको वार्षिकोत्सवको पूर्व सन्ध्यामा उक्त वाकाथन कार्यक्रम गरिएको हो ।
शुक्रबार बिहान बसन्तपुरबाट सुरु भएको वाकाथनमा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, मेडिकल डाइरेक्टर डा विजेशराज घिमिरे तथा अन्य चिकित्सकहरु स्वास्थ्यकर्मी, कर्मचारी, क्यान्सर सर्भाइभर्स विभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । वाकाथन बसन्तपुरबाट सुरु भएर नरदेवी हुँदै फेरी बसन्तपुरमै आएर कोणसभामा परिणत भएर टुंगिएको थियो ।
उक्त कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले क्यान्सरबारे जनमानसमा अझै पनि भ्रमहरु रहेको र त्यसलाई कम गराउँदै लैजानका लागि सचेतनामूलक कार्यक्रमहरुको अझ बढी आवश्यक भएको बताए । उनले क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाएर उपचार गरेमा निको हुने भए पनि जनचेतनाको कमीले ढिला गरेर मात्र उपचारमा आउने गरेको समेत जिकीर गरे ।
नेपालीको क्यान्सर उपचार नेपालमै भन्ने नाराका सुरु भएको नेपाल क्यान्सर अस्पतालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।
क्यान्सरबारे सचेतना जगाउन नेपाल क्यान्सर अस्पतालको वाकाथन
किष्ट अस्पतालद्वारा २ सय जना अंगदातालाई सम्मान
सुर्तीजन्य पदार्थमा करको दरमा वृद्धि गरियोस् : एक्सन नेपाल
सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद तोसिमा कार्कीको माग
क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य, विशेषज्ञहरूको अन्तरक्रिया सम्पन्न