नेपाल विश्व स्वास्थ्य संगठनको ७९औं महासभाको उपाध्यक्षमा निर्वाचित
हेल्थ टिभी अनलाइन : नेपाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आजबाट सुरु भएको ७९औं विश्व स्वास्थ्य महासभाले नेपाललाई उपाध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
जेनेभामा महासभाको उद्घाटन सत्रमा नेपालका स्वास्थ्यमन्त्री निशा मेहतालाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। नेपालले पाएको यो जिम्मेवारीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
विश्व स्वास्थ्य संगठनको सर्वोच्च नीति निर्माण गर्ने साझा मञ्च विश्व स्वास्थ्य महासभामा सदस्य राष्ट्रहरूले विश्व स्वास्थ्यसम्बन्धी नीति, अबको प्राथमिकता तथा सहकार्यका विषयमा छलफल गर्ने गर्दछन् ।
महासभामा विश्वभरका सदस्य राष्ट्रका प्रतिनिधि, स्वास्थ्य विज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूको सहभागिता रहेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण