Health TV Online
Health TV Online
Health TV Online

सरकारको नीति तथा कार्यक्रम : स्वास्थ्यका के के विषय समेटिए ?

सरकारको नीति तथा कार्यक्रम : स्वास्थ्यका के के विषय समेटिए ?

हेल्थ टिभी अनलाइन : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार संसदमा प्रस्तुत गरेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्यका यी विषयलाई अघि सारेको छ ।

-अटिजम तथा न्युरोडाइभरसिटी भएका बालबालिकाहरुको थेरापी सेवा र विशेष तालीम प्राप्त शिक्षक र शिक्षा सेवाको व्यवस्था मिलाइने छ ।
-आधारभूत स्वास्थ्य सेवामा न्युनतम मापदण्ड लागू गर्दै आवश्यक जनशक्ति औषधी उपकरण र पूर्वाधार सहितको एकीकृत सेवा मोडल कार्यान्वयन गरिनेछ ।
-स्वास्थ्य सेवालाइ लागतप्रभावकारी र नागरिक मैत्री बनाउने गरी स्थानीय तहमा आधारभूत अस्पताल सम्मको पहुँच सुनिश्चित गरिनेछ ।
-सामुदायिक स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता संख्या एवं दायरा विस्तार गरिनेछ ।
-स्वास्थ्य बीमा कार्यक्रमको पुर्नसंरचना गरिनेछ ।
-टेलि हेल्थ प्लेटफर्म मार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श सेवा उपलव्ध गराइने छ ।
-रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल तथा स्वास्थ्य सेवाको गुणस्तर बढाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिनेछ ।
-राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिनेछ ।
-क्यान्सर लगायतका नसर्ने रोग नियन्त्रणका लागि उपचार भन्दा रोकथाम जनचेतना नियमित परीक्षण र जीवन शैलीमा आधारित रणनीति कार्यान्वयन गरिनेछ ।
-मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अंगको रुपमा स्थापित गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन गरिनेछ ।
-योग ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार र प्ररर्वदन गरिनेछ ।
-अत्याधुनिक अपांगतापुनस्थापना केन्द्रहरुको स्थापना गरी प्रोस्टेथिक फिजियोथेरापी लगायतका विशिष्टीकृत सेवाहरु उपलव्ध गराईनेछ।
-अपांगताको प्रारम्भिक पहिचान शिघ्र हस्तक्षेप र पुर्नस्थापना सेवालाई आधारभूत स्वास्थ्य प्रणालीसंग आवद्ध गर्दै स्थानीय तहसम्म विस्तार गरिनेछ ।
-वौदिक अपांगता भएका बालबालिकाका लागि सहायक प्रविधि सहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
-स्वस्थ जनशक्ति विकास गर्न एकीकृत मानव संसाधन प्रणाली विकास गरिनेछ ।
-आयुर्वेृद प्राकृतिक तथा बैकल्पिक चिकित्सा उपाचार पद्धतीलाई बैज्ञानिक आधारमा संस्थागत गरिनेछ ।
-नेपाल औषधी लिमिडेटको स्तरउन्नती गरनेछ। स्वदेशी औषधी उत्पादनदनलाई प्रर्वद्धन गरिनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार