स्वास्थ्य मन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्राडा मनोहर प्रधान
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्राडा मनोहर प्रधान नियुक्त भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले डा प्रधानलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने आधिकारिक निर्णय गरेसँगै सरकारले उनलाई सो जिम्मेवारी दिएको हो । डा प्रधान चिकित्सा पेशा र प्राध्यापनमा सक्रिय छन् ।
उनी विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज पुरानो मेडिकल कलेज भरतपुरमा प्राध्यापनरत छन् भने नेपाल चिकित्सक संघ, चितवन शाखाको पूर्व उपाध्यक्ष समेत हुन् ।
रास्वपाको स्थापनाकालदेखि नै सक्रिय डा प्रधानले पछिल्लो समय पार्टीको बागमती प्रदेश स्वास्थ्य तथा जनसंख्या विभागको संयोजकका रूपमा काम गर्दै आएका थिए।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार