Health TV Online
Health TV Online
Health TV Online

सार्क देशका स्त्री तथा प्रसूती रोग विशेषज्ञहरुको सम्मेलन काठमाडौंमा

सार्क देशका स्त्री तथा प्रसूती रोग विशेषज्ञहरुको सम्मेलन काठमाडौंमा

हेल्थ टिभी अनलाइन : सार्क देशका स्त्री तथा प्रसूती रोग विशेषज्ञहरुको सम्मेलन काठमाडौंमा जारी छ । गत तीन दिन यता यहाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ७ सय बढी प्रसूती तथा स्त्री रोग विशेषज्ञहरु काठमाडौंमा भेला भएका छन् ।

नेपाल प्रसूती तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग)को १८ औँ राष्ट्रिय सम्मेलन चलिरहेको छ भने यससंगै सहकार्य गर्दै दक्षिण एसियाली प्रसूती तथा स्त्री रोग विशेषज्ञ महासंघ (साफोग)को १५ औँ सम्मेलन पनि भई रहेको छ । यो संयुक्त रुपमा गरिएको सम्मेलनको नारा दक्षिण एसियामा महिला स्वास्थ्यको उन्नतीः गुणस्तर नविनता र दीगोपना राखिएको छ ।

सम्मेलन अन्तर्गतका कतिपय सेसनहरु बिहीबारबाट सुरु भए पनि औपचारिक शुभारम्भ भने शुक्रबार बेलुका गरिएको छ । भव्य समारोहकाबीच नेपाल सरकारकी पूर्व स्वास्थ्य मन्त्री डा सुधा शर्माले साफोगनेसोगकन २०२६ को औपचारिक उद्घाटन गरिन । सो अवसरमा उनले सम्मेलनबाट आएका निस्कर्षहरुले महिलाको स्वास्थ्य उपचार, गुणस्तर नविनता, दीगोपना तथा अनुसन्धानमा थप योगदान दिने उल्लेख गरिन् ।

त्यसअघि आयोजकका तर्फबाट नेसोगका अध्यक्ष प्राडा पदमराज पन्तले सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी विशेषज्ञहरुलाई स्वागत गर्दै प्रसूति तथा स्त्री रोगबारे विभिन्न देशमा गरिएका नविन खोज अनुसन्धान तथा उपचारले ज्ञानको दायरालाई फराकिलो पार्ने बताए । उनले वैज्ञानिक सत्रमा प्रस्तुत हुने रिपोर्टहरुले विशेषज्ञहरुको ज्ञानलाई अझ फराकिलो बनाउने भन्दै सक्रिय सहभागी भएकोमा धन्यवाद दिए ।

नेसोगका प्रेसिडेन्ट इलेक्ट डा धनबहादुर राना मगरले सम्मेलनको मुख्य उदेश्य नेपाल सहित विभिन्न देशमा भइरहेका उपचार पद्धती अध्ययन अनुसन्धानका निस्कर्षहरुलाई साझा गर्ने तथा समस्याहरुको निराकरण गर्ने उपाय खोज्ने रहेको बताए । सम्मेलनमा १०० बढी विदेशी र ६०० बढी नेपालीको सहभागिता छ । यो त प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको लागि महाकुम्भ नै भने पनि हुन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ख्यातीप्राप्त प्रोफेसर, विशेषज्ञहरुको सहभागिता रहेको छ । सम्मेलनबारे जानकारी दिदै डा रानाले भने ।

उनले तीन दिने सम्मेलनको मुख्य सेसन अघि नै ६ वटा प्रि कंग्रेस वर्कसप भएको र पछि छ वटा पोष्ट कंग्रेस वर्कसप हुने बताए । यसमा ठूला ठूला तालीमहरु पनि दिईदैछ, तीनवटा प्रेष्टिजियस ओरेसस प्रदान गरिदैछ । सम्मेलनमा २०० बैज्ञानिक कार्यपत्रहरु प्रस्तुत हुँनेछ डा रानाले अगाडी थपे सम्मेलन शनिबार बेलुका सम्पन्न भएपनि पोष्ट कंग्रेज अझै दुई दिनसम्म चल्नेछ ।

साफोग अध्यक्षको जिम्मेवारी डा कुसुम थापालाई हस्तान्तरण

यसैबीच दक्षिण एसियाली प्रसूति तथा स्त्री रोग विशेषज्ञ महासंघ (साफोग)को अध्यक्ष शुक्रबारबाट नेपालकी डा कुसुम थापा बनेकी छन् । शुक्रबार उद्घाटन समारोहकैबीच साफोगका अध्यक्ष प्राडा श्याम देसाईले प्रेसिडेन्ट इलेक्ट डा थापालाई कार्यभार हस्तान्तरण गरे । अब थापाले साफोगको दुई वर्ष नेतृत्व गर्नेछिन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार