पहिलोपटक विश्वस्तरीय एएमआर बैठक आयोजना गर्दै नाइजेरिया
हेल्थ टिभी अनलाइन : अफ्रिकी भूमिमा पहिलोपटक एन्टिमाइक्रोबियल रेसिस्टेन्स एएमआर सम्बन्धी उच्चस्तरको मन्त्रीस्तरीय बैठक नाइजेरियामा आयोजना हुने भएको छ। सन् २०२६ जुन २८ देखि ३० सम्म अबुजामा हुने उक्त बैठक नाइजेरियन सरकारको नेतृत्वमा आयोजना हुन लागेको हो।
‘वान हेल्थ : स्थानीय कार्यमार्फत विश्वव्यापी एएमआर प्रतिबद्धता’ भन्ने नारासहित आयोजना हुने यस बैठकमा एक सय भन्दा बढी देशका प्रतिनिधि तथा विज्ञहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। बोत्सवाना, घाना र नाइजेरियाका राष्ट्र प्रमुखहरूको नै उपस्थिति रहनेछ भने नाइजेरियाका राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस बैठकमा विशेषगरी ग्लोबल साउथका देशहरूको उल्लेखनीय सहभागिता रहने बताइएको छ।
ग्लोबल एएमआर मिडिया अलायन्स Global AMR Media Alliance (GAMA) ले आयोजना गरेको भर्चुअल मिडिया ब्रिफिङमा बोल्दै गामाकी अध्यक्ष शोभा शुक्लाले ले एएमआर मानव स्वास्थ्यमा मात्र सीमित नभई पशु स्वास्थ्य, खाद्य प्रणाली, कृषि र वातावरणमा समेत गम्भीर असर पारिरहेको बताइन्। उनका अनुसार एएमआर बहुआयामिक समस्या भएकाले यसको समाधानका लागि समन्वयात्मक र संयुक्त विश्वव्यापी प्रयास आवश्यक छ।
‘वान हेल्थ’ दृष्टिकोणमा जोड
मिडिया ब्रिफिङमा बोल्दै Dr Ayoade Alakija, Ministerial Global Envoy on AMR, Government of Nigeria ले भनिन, ‘एएमआर मानव स्वास्थ्यमा मात्र चुनौती बनेको छैन् यो त पशु, कृषि, वातावरण, खाद्यान्य सबैतिर जोडिएको छ । त्यसैले यस बैठकमा वान हेल्थ One Health अवधारणालाई केन्द्रमा राखिएको छ, जसले मानव, पशु र वातावरणीय स्वास्थ्यबीचको अन्तरसम्बन्धलाई जोड दिन्छ। यसमार्फत विभिन्न क्षेत्रबीच सहकार्य, दिगो लगानी र प्रभावकारी प्रणाली विकास गर्ने लक्ष्य राखिएको छ । नाइजेरियाले केही समयदेखि एएमआरमा एकीकृत इन्टिग्रेटेड दृष्टिकोण अपनाउँदै आएको उल्लेख गर्दै उनले सबै क्षेत्रबीच समन्वय अपरिहार्य रहेको बताइन्।
Dr Ayoade Alakija ले भनिन्, ‘एएमआरलाई प्रायः उच्च आय भएका देशहरूको दृष्टिकोणबाट मात्र हेरिँदै आएको छ। तर यो सबै देशको साझा जनस्वास्थ्य समस्या हो। विशेषगरी न्यून तथा मध्यम आय भएका देशहरूमा रहेका समस्या र खाडलहरूलाई सम्बोधन गर्नुपर्छ।” उनका अनुसार सङ्क्रामक रोगको रोकथाम, औषधिको दुरुपयोग तथा अत्यधिक प्रयोग नियन्त्रण विशेषगरी खाद्य तथा कृषि, पशु स्वास्थ्य, वातावरण र मानव स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण चुनौतीका रूपमा रहेका छन्। यसलाई सम्बोधन गरिनुपर्छ । अर्को कुरा एएमआर कम गर्न स्रोतको सुनिश्चितता पनि हुन जरुरी छ, उनले भनिन । एएमआर नियन्त्रणका लागि पर्याप्त बजेट र लगानी आवश्यक रहेको पनि उनले जिकीर गरिन ।
उनी भन्छिन,“यदि बहु क्षेत्रीय कार्ययोजनाका लागि पर्याप्त बजेट छैन भने काम कसरी अगाडि बढाउने ? त्यसैले वित्तीय क्षेत्रका सरोकारवालाहरूलाई पनि समेट्न आवश्यक छ। उनका अनुसार एएमआरमा गरिएको लगानी खर्च मात्र नभई दीर्घकालीन फाइदा र लगानीको स्रोत पनि हो। यसमा एक डलर खर्च गर्दा ११ डलर बराबरको फाइदा हुन्छ उनले थपिन ।
यसैगरी मिडिया ब्रिफिङमा बोल्दै Dr Jean Pierre Nyemazi, Director of the Quadripartite Joint Secretariat (QJS) on AMR ले भने, बैठकले यसअघि साउदी अरेबियाको जेद्दामा सम्पन्न चौथो मन्त्रीस्तरीय बैठकका प्रतिबद्धताहरूको कार्यान्वयनको समीक्षा गर्दै आगामी रणनीति तय गर्नेछ। यो बैठक विश्वव्यापी प्रतिबद्धतालाई राष्ट्रिय तथा स्थानीय तहमा कार्यान्वयनमा लैजाने महत्वपूर्ण अवसर हो। “अब हामीले प्रतिबद्धतालाई व्यवहारमा उतार्ने समय आएको छ,” उनले भने। साथै यूएन हाइ लेबल बैठकमा गरिएका प्रतिवद्धतालाई स्थानीय तहसम्म प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिइएको छ। एएमआरको समस्या कम आय भएका देशमा अझ बढी छ । यसका विभिन्न कारणहरु छन्। त्यसैले पनि यी देशहरुमा अझ बढी सचेतना, लगानी तथा प्राथमिकताको खाँचो छ उनले भने ।
एएमआर कम गर्न मिडियाको भूमिका
Dr Jean Pierre Nyemazi ले भने, ‘मिडिया सूचना प्रवाह गर्न र सरकार र सरोकारवाला निकायलाई सचेत गरी उत्तरदायी बनाउन एक रणनीतिक साझेदार हो ।तथ्यमा आधारित पत्रकारिताले एएमआरलाई विकास, समानता र दिगोपनसँग जोडिएको मुद्दाका रूपमा देखिने बनाउँछ। यसले सर्वसाधारणको बुझाइ, समर्थन र व्यवहारमा परिवर्तन ल्याउँछ, साथै प्रगतिका लागि निरन्तर दबाब सिर्जना गरिराख्छ। त्यसैले एएमआर विरुद्धको लडाइम मिडिया सँगसँगै हुन आवश्यक छ ।’ उनले थपे , तथ्यमा आधारित पत्रकारिताले जनचेतना बढाउने, व्यवहार परिवर्तन गराउने र सरकारलाई उत्तरदायी बनाउने काम गर्छ यसमा कुनै शंका छैन ।
पहिलोपटक अफ्रिकी मुलुकमा हुन लागेको यो बैठकले एएमआर विरुद्धको विश्वव्यापी लडाइँलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।
एएमआर आज विश्वका प्रमुख १० जनस्वास्थ्य चुनौतीमध्ये एक बनेको छ। एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफङ्गल र एन्टिप्यारासाइटिक जस्ता औषधिको अत्यधिक तथा गलत प्रयोगका कारण यो समस्या तीव्र रूपमा बढ्दै गएको हो। यसका कारण औषधिहरूको प्रभावकारिता घट्दै गएको छ र संक्रमणको उपचार जटिल मात्र होइन, कतिपय अवस्थामा असम्भव समेत बन्दै गएको छ।
यस विश्वव्यापी प्रयासमा World Health Organization (WHO), Food and Agriculture Organization of the United Nations (FAO), United Nations Environment Programme, and World Organisation for Animal Health (WOAH) जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग रहने बताइएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’