स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औं शिखर सम्मेलन सम्पन्न
५ बुँदे घोषणापत्र जारी
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औं राष्ट्रिय शिखर सम्मेलन आइतबार सम्पन्न भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो ३५ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको तीन दिने सम्मेलन पाँच बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।
तीन दिनसम्म चलेको सम्मेलनमा स्वाथ्य क्षेत्र र अनुसन्धानमा रुचि राख्ने अनुसन्धानकर्ता तथा वैज्ञानिहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त सम्मेलनमा स्वास्थ्य नीति,बीमा, जलवायु परिवर्तन, प्रजनन स्वास्थ्य, बाल स्वास्थ्य, खाद्य सुरक्षा लगायतका विविध विषयमा प्रस्तुतीकरण भएको थियो ।
१२ औं शिखर सम्मेलनको घोषणापत्र यस्तो रहेको छ –
१. नेपालमा स्वास्थ्य अनुसन्धानको प्रभावकारी व्यवस्थापनका लागि पारदर्शी र जवाफदेही व्यापक स्वास्थ्य अनुसन्धान सुशासन प्रणालीलाई सुदृढीकरण र संस्थागत गर्ने।
२. सम्पूर्ण सरकार र सम्पूर्ण समाज को दृष्टिकोण अपनाउँदै गैर संक्रामक रोगहरूको प्राथमिक रोकथाम र प्रारम्भिक जोखिम न्यूनीकरणमा प्राथमिकता सहित लगानी गर्न वकालत गर्ने।
३. अनुसन्धानसम्बन्धी नियामक संरचनाको आधारमा कृत्रिम बुद्धिमत्ता, ठूला तथ्यांक ९द्यष्न म्बतब०, तथा डिजिटल स्वास्थ्य प्रविधिको नैतिक प्रयोग सुनिश्चित गर्दै केन्द्रीकृत र सुरक्षित राष्ट्रिय स्वास्थ्य तथ्यांक भण्डारको विकास र दिगोपन सुनिश्चित गर्ने।
४. स्वास्थ्य अनुसन्धान, सुशासन प्रणाली तथा यसको कार्यान्वयनमा सामाजिक न्याय, अवधारणा, तथा जलवायु दृष्टिकोण प्रवर्द्धन गर्ने।
५. प्रमाणमा आधारित नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न दिगो वित्तीय व्यवस्था प्रवर्द्धन गर्दै शैक्षिक संस्था र उद्योगबीच साझेदारी सुदृढ गर्ने।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’