अनुसन्धानको आधारमा स्वास्थ्य नीति बनाउनुपर्छ- उपराष्ट्रपति
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १२ औं शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको उक्त तीन दिने सम्मेलनको उदघाट्न उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका हुन् ।
सम्मेलनको उदघाटन गर्दै उपराष्ट्रपति यादवले स्वास्थ्यमा गरिएको वैज्ञानिक अनुसन्धानले देशकै स्वास्थ्य नीति तथा कार्यक्रममा ठूलो भूमिका खेल्ने बताए । उनले भने, ‘स्वास्थ्यमा भएका र गरिएको अनुसन्धानबाट आएको नतिजाकै आधारमा स्वास्थ्यका नीति तथा कार्यक्रम र बजेट प्राथमिकता तय हुन्छ । त्यसैले यस्ता अनुन्धानहरु अझ बढी हुन जरुरी छ । यस्ता अनुसन्धानले दीघीकालिन टृष्टि दिन्छ भने स्वास्थ्य प्रवर्धनमा पनि सहयोग पुराउँछ ।’

उनले अनुसन्धानबाट आएका नतिजालाई शैक्षिक कार्यक्रममा मात्र सिमित गर्न नहुने र अनुसन्धानबाट आएका नतिजाका आधारमा स्वास्थ्य नीति बनाइनुपर्ने पनि जिकीर गरे ।
यसैगरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रमोद जोशीले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा भएका नयाँ नयाँ ज्ञान तथा उपलब्धीका बारेमा जानकारी लिन र सोबारे विचार आदानप्रदान गर्न सम्मेलनले सहयोग पुराउने जनाए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर अनुसन्धानमा काम गरिरहेका व्यक्तिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण