त्रिवि शिक्षण अस्पतालमा पनि शनिबार र आइतबार बिदा
हेल्थ टिभी अनलाइन : त्रिभुवन विश्वविद्याल शिक्षण अस्पताल महाराजगंजले पनि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएको छ । साताको दुई दिन शनिबार र आइतबार बिदा दिने सरकारको निर्णयसँगै त्रिवि शिक्षण अस्पतालले पनि दुई दिन नै बिदा दिने सूचना प्रकाशित गरेको हो ।
बुधबार एक सूचना जारी गर्दै अस्पताल प्रशासनले सरकारको निर्णय अनुसार त्रिवि कार्यकारी परिषद्को बैठकले २ दिन नै बिदा दिने निर्णय गरेको जनाएको छ । यसैगरी कार्यालय समय बिहान ९ देखि ५ बजेसम्म भएको पनि जानकारी गराएको छ । अस्पतालले दुई दिन बिदा हुँदा उपचार गराउन आउने बिरामीलाई असुविधा हुनसक्ने भन्दै शुक्रबार ओपीडी तथा शल्यक्रिया पूरा दिन र अन्य दिनमा व्यवस्थापन गरिने पनि जनाएको छ ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान