एनएचआरसीको १२ औं शिखर सम्मेलन चैत २७ देखि काठमाडौंमा
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको १२औं शिखर सम्मेलन यही चैत २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने भएको छ । प्रत्येक वर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफनो स्थापनाको अवसरमा स्वास्थ्य तथा जनस्वास्थ्य बैज्ञानिकहरुको सम्मेलन गर्दै आएको छ ।
यस वर्षको नारा ;नेपालमा स्वास्थ्य अनुुन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया’ रहेको छ । यस सम्मेलनले राष्ट्रिय तथा विश्वव्यापी स्वास्थ्य चुनौतीको समाधानको लागि अनुसन्धान नीति तथा अभ्यासबीचको सम्बन्ध सुदृढ पार्नुको महत्वलाई उजागर गर्नेमा आफू ढुक्क भएको परिषदका सदस्य सचिव डा प्रमोद जोशीले बताए । उनले स्वास्थ्यका क्षेत्रमा नीति तथा योजना बनाउनका लागि सम्मेलन सहयोगी सिद्ध हुने पनि जिकीर गरे । डा जोशीले यसपटक मध्यपूर्वको द्धन्द्धले धेरे विदेशी अनुसन्धानकर्ताहरु आउन नसके पनि केहीले भने आफनो उपस्थिती सुनिश्चित गरेको बताए ।
सम्मेलनको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गर्ने कार्यक्रम रहेको छ। यसैगरी तीन दिने यो सम्मेलनमा १२ सय भन्दा बढी राष्ट्रिय सहभागी तथा बेलायत, अमेरिका, भारत, फिलिपिन्स, अष्ट्रेलिया, कोरिया र युरोपका केही अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहनेछ।
यसपटक सम्मेलनका लागि प्राप्त ४६५ वटा ‘abstract ’मध्ये ९१ वटा मौखिक प्रस्तुति र १२० वटा पोस्टर प्रस्तुति छनोट गरिएको छ। यसअघिका सम्मेलनमा दिइँदै आइएका अवार्डहरुले निरन्तरता पाउने पनि बताइएको छ ।
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै
ह्याम्स अस्पतालले बाढी प्रभावितलाई नि:शुल्क आपतकालीन सेवा दिने