ईशान अस्पतालले मनायो विश्व बाल शल्य चिकित्सा दिवस
हेल्थ टिभी अनलाइन : ईशान बाल तथा महिला अस्पतालले एक कार्यक्रमकाबीच विश्व बाल शल्य चिकित्सा दिवस मनाएको छ । विश्वभर अप्रिल ७ मा बाल शल्य चिकित्सा दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
अस्पतालका कार्यकारी निर्देशक तथा बरिष्ठ बाल शल्य चिकित्सक प्राडा रामनन्दनप्रसाद चौधरीले बालबालिका र वयस्क व्यक्तिको शल्यक्रिया पूर्ण रुपमा फरक हुने भएकाले बच्चाको लागि विशेष खालको सेटअप तथा विज्ञहरुको आवश्यकता पर्ने बताए । उउनले बच्चा वयस्क व्यक्तिको सानो रुप नभएर उनीहरु नितान्त फरक रहेको पनि जिकीर गरे । उनले ईशान बाल अस्पतालमा बच्चाको लागि चाहिने सम्पूर्ण शल्य चिकित्सा उपलब्ध रहेको र ती सबै विश्वस्तरीय रहेको पनि जानकारी दिए । डा चौधरीले बढ्दो उमेरका बालबालिकाको शरीर आफ्नै जैविक नियमअनुसार विकास हुने भएकाले उनीहरूलाई लक्षित गरेर उपचार तथा शल्यचिकित्सा आवश्यक पर्ने बताए ।
डा चौधरीका अनुसार साना बालबालिका आफैले भन्न नसक्ने हुँदा अभिभावक नै कुनै पनि लक्षणकाबारेमा सचेत हुन जरुरी हुने समेत जनाए । बच्चाको शल्यक्रिया संवेदनशिल हुने भएकाले सही विज्ञ तथा सही अस्पतालकाबारेमा जानकारी लिएर मात्र बच्चाको शल्यक्रिया गराउन पनि उनले सुझाव दिए ।
उनले बाल शल्यचिकित्सकहरूले जटिल स्वास्थ्य समस्या र बालबालिकाको संवेदनशील अवस्थाबीच सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै बालबालिकाहरुमा देखिने लक्षण तथा व्यवहारलाई हेरेर अभिभावकले छिटो भन्दा छिटो विशेषज्ञकहाँ पुरयाउनु पर्ने बताए । कुनै पनि शल्यसम्बन्धी समस्या देखिएमा बाल शल्यचिकित्सामा विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्ने उनको सुझाव छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड